

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व मन्त्री विना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । यस अघि २०७९ को निर्वाचनमा मगर पराजित भएकी थिइन् ।

उनी २०७४ मा निर्वाचित भएपछि खानेपानीमन्त्री बनेकी हुन् । बिना मगरले यस पटक तारा चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यस अघि उनी हँसिया हथौडाबाट चुनाव चिन्ह चुनाव लडेकी थिइन् ।

यस पटक पनि उनका पूराना प्रतिस्पर्धी तारालामा तामाङ्गले एमालेबाट फेरि उम्मेदवार भएका छन् । यस अघि तामाङ्गले मगरलाई हराएका थिए । मगर २०७९ मा काँग्रेस सहितको गठबन्धनबाट चुनाव लडेकी हुन् ।
त्यस अघि २०७४ मा उनी एमाले सहितको गठबन्धनबाट निर्वाचित भएकी थिइन् । २०७० को संविधान निर्वाचनमा उनी पराजित भएकी हुन् । मगर नेकपा संयोजक प्रचण्डकी बुहारी हुन् ।

