ghar sansar

कञ्चनपुर ३ को चुनावी प्रतिस्पर्धामा एमालेका दीपक दोहोरिए

little buddha academy
khasi

महेन्द्रनगर । एमाले पूर्व साँसद डा. दिपक प्रकाश भट्टले कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयमा डा. भट्टले एमाले केन्द्रीय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेल, पूर्व उप सभामुख भोजराज जोशी लगायत नेताहरु सहित उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले पार्टी कार्यालयबाट नेता कार्यकर्ता सहित भट्ट उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका हुन् । एमाले कञ्चनपुर क्षेत्र नं. ३ ले उम्मेदवारी दर्ताका लागि सबै नेता कार्यकर्तालाई पार्टी कार्यालय बोलाएको थियो ।

,orning glory badhai

भट्ट यस अघि २०७४ मा एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । कञ्चनपुर ३ मा २०५१ को मध्यावधि निर्वाचनपछि एमालेलाई भट्टले २०७४ मा जित दिलाएका हुन् ।

पूर्व गृहमन्त्री रमेश लेखकलाई भट्टले २०७४ मा पराजित गरेका थिए । २०७९ मा फेरि निर्वाचित भएर लेखक गृहमन्त्री भएका हुन् ।

यस पटक काँग्रेसले लेखकलाई उम्मेदवार बनाएको छैन । अन्तिम समयसम्म लेखक उम्मेदवार हुने अडकलबाजी गरिएको थियो ।

काँग्रेसले पूर्व जिल्ला सभापति हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् । बोहरा कञ्चनपुर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका थिए ।

मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्तापछि डा. भट्टले राष्ट्र, राष्ट्रियता, सुखी नेपाल, समृद्ध नेपाल र विकास निर्माणका एजेण्डा लिएर आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताए ।

भट्टले पत्रकाहरुले आफू पहिलो पटक साँसद हुँदा भएका विकास निर्माणका कामबारे पनि उल्लेख गरे ।

मझगाउँ विमानस्थल, महाकाली कोरिडोर, सुख्खा बन्दरगाह, कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय, महाकाली नदीको चार लेन पुल निर्माण, महाकाली प्रादेशिक अस्पताल सुधार लगायत कार्य उल्लेख गर्दैै यस पटक विकास र समृद्धिका एजेण्डा बोकेर जनताको घर दैलोमा जान लागेको बताए ।

सरकारले २०६६ सालमा घोषणा गरेको सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकतामा राख्दै उनले चुनाव जितेपछि ठोस पहल गरेका थिए । सुरुमा कञ्चभोजमा निर्माण गर्न नदिने भन्दै विरोध भएपछि दोधारा–चाँदनी नगरपालिका–१ र २ मा सारेर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

भीमदत्त नगरपालिका ६ का भट्ट सुरक्षा विज्ञ हुन् । उनी एमालेमा पार्टी सदस्य भएर प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् ।

dirghayi clinic

एमालेको ११ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा लडेर पराजित भएका थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा उनले दुई तिहाई मत पाएका थिए ।

कञ्चनपुर ३ मा बुद्धिजीवि र स्वच्छ छवि भएको नेताको रुपमा परिचित छन् । २०७४ मा निर्वाचित भएपछि उनले सुदूरपश्चिमलाई स्वास्थ्यको हब बनाउन मेडिकल विश्वविद्यालयको अवधारणा ल्याएका थिए ।

डा. भट्टको अवधारणा अनुसार गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने अवस्थामा पुगेको छ । अहिले ६ सय शैय्याको अस्पताल सञ्चालनमा छ ।

महाकाली नदीमा चार लेनको पक्की पुल तथा पहुँच मार्ग निर्माणमा भट्टले सक्रिय भूमिका खेलेका छन्् । पहुँच मार्गका लागि आवश्यक जग्गा अधिग्रहणमा उनी सक्रिय भएका थिए । महाकाली कोरिडोर निर्माण कार्यलाई आइई सम्पन्न गरी ठेक्का प्रक्रिया मार्फत निर्माण चरणमा प्रवेश गराइएको छ ।

परराष्ट्र र सुरक्षा मामिलाका जानकार डा. भट्ट विद्यार्थी राजनीतिबाट एमालेमा आएका हुन् । भट्टले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका छन् ।

२०४५ मा भारत प्रवासमा रहँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन मार्फत राजनीतिमा आएका उनी संगठनको महासचिव हुँदै २०५७ देखि २०६२ सम्म केन्द्रीय अध्यक्ष भएका थिए ।

२०५२ सालमा एमालेको संगठित सदस्य भएका उनी त्यसयता पिथौरागढ नगर कमिटी सचिव, दिल्ली राज्य कमिटी सदस्य, पार्टी राष्ट्रिय परिषद सदस्य, भारत प्रवास समन्वय कमिटी सदस्य भएका छन् ।

सम्पर्क विभाग, विदेश विभाग र महाकाली अञ्चल सम्पर्क कमिटी आवद्ध भएका उनले २०४६ को जनआन्दोलनमा पिथौरागढमा आन्दोलन नेतृत्व गरेका थिए ।

साँसद हुँदा उनी संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका थिए । केही समय उनी एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भएका थिए ।

एमालेमा उनी परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका जानकार नेताका मानिन्छन् । २०७२ देखि २०७४ सम्म उच्च स्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको सदस्य भएका उनी २०६५ देखि २०६९ सम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालय सदस्यका रूपमा काम गरेका थिए। २०७३ देखि उनी नेपाल सरकारद्वारा गठन गरिएको राष्ट्रिय विकास परिषद्को सदस्यका समेत भएर काम गरि सकेका छन् ।

डा. भट्ट २०७९ मा कञ्चनपुर ३ मा चुनाव लड्न खोजेका थिए । एमालेले निरुदेबी पाललाई उम्मेदवार बनाएपछि उनी पालको पालको चुनावी प्रचारमा सक्रिय भएर लागेका थिए ।

मंगलबार डा. भट्टको उम्मेदवारी दर्ताका लागि पाल सहित नेताहरु मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...