ghar sansar

काँग्रेसका पूर्व जिल्ला सभापति बोहरालाई फाप्यो विशेष महाधिवेशन, कञ्चनपुर ३ बाट उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा काँग्रेसबाट पूर्व गृहमन्त्री रमेश लेखक चुनाव लड्ने निर्णय अन्तिममा फेरिएर पूर्व जिल्ला सभापति हरि बोहरा उम्मेदवार भएका छन् ।

कञ्चनपुर २ बाट उम्मेदवार सिफारिश बोहरा काँग्रेसबाट अन्तिम समयमा ३ नम्बर क्षेत्रमा उम्मेदवार भएका छन् ।

,orning glory badhai

मुख्य निर्वाचन अधिकृत कार्यालयमा बोहराले मंगलबार सबैभन्दा पछि उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौंमा टिकट पाएर जिल्ला फर्किएका बोहराले मुख्य निर्वाचन अधिकृत कार्यालय पुग्न ढिलो हुने भएपछि वारेश सहित नेतालाई पठाएका थिए ।

बोहराको वारेश भएर अशोक बहादुर साउँद निर्वाचन कार्यालय पुगेका थिए । काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद लगायत नेताहरु उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

त्यसपछि केही समयमा बोहरा पुगेपछि नेता कार्यकर्ताले निर्वाचन अधिकृत कार्यालयमा उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । त्यसपछि उनले उम्मेदवारी दर्ता गरेका हुन् । बोहरा पहिलो संसदीय चुनाव लड्न लागेका हुन् ।

बोहरा कांग्रेसको १३ महाधिवेशनबाट जिल्ला सभापति भएका थिए । काँग्रेसमा उनी जिल्ला कार्य समिति सदस्य, सह सचिव र उप–सभापति हुँदै सभापति भएका हुन् । कञ्चनपुर काँग्रेसका रमेश लेखक र एनपी साउँद समूहमा उनी लेखक समूहका हुन् ।

्काँग्रेसको विशेष महाधिवेशनमा उनी पूर्व जिल्ला सभापतिको हैसियतमा सहभागी भएका थिए । विशेष सम्मेलनमा बोहरालाई आशन ग्रहण गराइएको थियो ।

dirghayi clinic

विशेष महाधिवेशनपछि कञ्चनपुर ३ को टिकट लिएर उनी मंगलबार गृह जिल्ला फर्किएका हुन् ।

बोहरा बेदकोट नगरपालिका हुन् । कञ्चनपुर ३ बाट लेखक सहित शंकर बहादुर चन्द र प्रेम बहादुर विष्ट सिफारिश गरिएका थिए ।

उम्मेदवारी दर्ताका लागि केन्द्रीय सदस्य साउँद सहित नेताहरु दिवाकर पाण्डेय, नाफू सिह साउँद, भोजराज बोहरा लगायत निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।

बोहराको उम्मेदवारी दर्ताका एनपी साउँद र शेखर कोइराला समूहका अधिकाँश नेता कार्यकर्ता सहभागी भएका छन् ।
काँग्रेस कञ्चनपुर सभापति पदम बोगटी लगायत लेखक पक्षका अधिकाँश नेताहरु निर्वाचन अधिकृत कार्यालय बाहिर पुगेर फर्किएका छन् ।

बोहरालाई जिल्ला सभापतिमा रोक्न एनपी समूहले वडामा चुनाव हराएको थियो । त्यसपछि नगरबाट प्रतिनिधि भएर आएका उनी लेखकको सहयोगमा सभापति निर्वाचित भएका थिए ।

कञ्चनपुर ३ मा २०५६ पछि २०६४, २०६५ र २०८२ मा काँग्रेस उम्मेदवार फेरिएका हुन् । त्यस बाहेक सबै निर्वाचन पूर्व गृह मन्त्री लेखकले लड्दै आएका हुन् ।

२०६४ मा शेर बहादुर देउवा, २०६५ मा यज्ञराज जोशी र अहिले २०८२ मा बोहरा चुनाव लड्न लागेका हुन् । लेखक २०७४ बाहेक २०५६, २०७० र २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

काँग्रेस केन्द्रीय सदस्य साउँदले परिवर्तित राजनीतिक अवस्थामा कञ्चनपुर ३ मा बोहरालाई उम्मेदवार बनाएको बताइन् ।

उनले बोहरा जिताउन सबै नेता कार्यकर्ता सक्रिय रुपमा लाग्ने बताइन् ।

Himal dental
सम्बन्धित
Loading...