ghar sansar

कञ्चनपुर २ मा उम्मेदवारी दर्ता गर्दै एमाले युवा नेता सिहले भने– जन सेवक भएर जनताको काम गर्ने छु

khasi

महेन्द्रनगर । कञ्चनपुर २ मा एमाले युवा नेता बचन बहादुर सिहले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

झलारीस्थित निर्वाचन अधिकृत कार्यालयमा सिहले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट उनी पहिलो संघीय साँसद चुनाव लड्न लागेका छन् ।

यस अघि २०७९ को निर्वाचनमा उनी निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए । काँग्रेस माओवादी गठबन्धनसित उनी झिनो मत अन्तरले पराजित भएका थिए ।

यस पटक उनी प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् । २०७९ मा पनि प्रतिनिधि सभा सदस्य चुनाव लड्न खोजेका थिए ।

dirghayi clinic

उम्मेदवारी दर्तापछि सिंहले आफू जन सेवकको रूपमा जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताले एक पटक सेवा गर्ने अवसर दिएमा जिम्मेवारीलाई इमानदारी पूर्वक निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सिह चर्चित जनज्योति काण्डका घाइते हुन् । २०६२ वैशाख १६ गते जनज्योति क्याम्पसमा अनेरास्ववियुको कार्यक्रम चलिरहेका बेला तत्कालिन शाही सेनाले चलाएको गोलीबाट उनी गम्भीर घाइते भएका थिए ।

२०५० मा विद्यार्थी जीवनबाटै राजनीतिमा आएका उनी राष्ट्रिय युवा संघ, अनेरास्ववियु नेतृत्व गरि सकेका छन् । युवा संघका उनी पूर्व अध्यक्ष हुन् ।

कञ्चनपुर २ मा काँग्रेसबाट एनपी साउँद, नेकपाका माधव पन्त, रास्वपाका दिपक बोहराले उम्मेदवारी दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...