ghar sansar

कञ्चनपुरका तीन सीटमा ५५ को उम्मेदवारी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र न.. १ र २ मा समान १९ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. १ का निर्वाचन अधिकृत डम्बर घिमिरेका अनुसार निर्वाचन क्षेत्र नं.१ मा १५ दलका उम्मेदबार सहित ४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं. २ का निर्वाचन अधिकृत प्रकास बहादुर भण्डारीले १५ दल सहित ४ स्वतन्त्रले उम्मेदवारी दर्ता गरिएको जानकारी दिएका छन् ।

,orning glory badhai

कञ्चनपुर ३ मा स्वतन्त्र सहित १७ जनाले उम्मेदवारी दिएका छन् । तीन ओटै निर्वाचन क्षेत्रमा ५५ जनाको उम्मेदवारी परेको छ । त्यसमा १५ दल र ११ स्वतन्त्र उम्मेदवार छन् । सबै उम्मेदवारमा ५ महिना छन् ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका तीनै निर्वाचन क्षेत्रमा दल सहित स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको बताए । उनले सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको बताए ।

dirghayi clinic

निर्वाचन क्षेत्र नं. १ मा २७ बर्षिय अनिल राना, यादव सिह स्वतन्त्रबाट, मितेरी पार्टीका सियाराम राना र संयुक्त नागरिक पार्टीबाट दानियल विक पनि २७ बर्षकै छन । सबैभन्दा बढी उमेरका क्षेत्र ३ बाट श्रम संस्कृति पार्टीका गंगादत्त जोशी छन । उनी सरकारी सेवाबाट अवकाश पाएका पूर्व कर्मचारी हुन् ।

खाली खुट्टा हिँडेर उनले उम्मेदवारी दर्ता गराएका छन् । पूर्व मन्त्री बिना मगर, एनपी साउद, पुर्व सांसद तारालामा तामाङ्क, डा. दीपक भट्ट पनि उम्मेदवार छन ।

अधिकाँश स्थानीय प्रदेश र संघीय चुनाव लडेका नयाँदेखि पुराना उम्मेदवार फेरी चुनावी मैदानमा होमिएका छन । क्षेत्र नं. १ र २ मा १५÷१५ दल, ४÷४ स्वतन्त्र र क्षेत्र नं. ३ मा १४ दल, ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

तीनै निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ मा क्रमशः काँग्रेसका गोपी प्रशाद उपाध्याय, एनपी साउद, हरि प्रशाद बोहरा, नेकपा एमालेका तारालामा तामाङ्क, बचन बहादुर सिह, डा. दीपक प्रकास भट्ट, नेपाली कम्युनिष्ट पाटी(नेकपा)का बीना मगर, माधव पन्त, मान बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का जनक सिह धामी, दिपकराज बोहरा, ज्ञानेन्द्र सिह महता, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का दिल्ली बहादुर शाही, तिर्थराज चटौत, पूर्ण बहादुर चन्द, राष्ट्रिय जनमोर्चा राजाराम चौधरी, राम बहादुर कार्की, लाल बहादुर कुँवर, नेकपा(माओवादी) पुरन रानाथारु, लोकेन्द्र बहादुर विक, विष्णूराम उपाध्याय(बिराट), नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, सिताराम राना, मिनु गिरी, उज्यालो नेपाल पार्टीबाट माईकल तामाङ्क, योगेश साउद, भीम कुमाल, मितेरी पार्टीबाट सियाराम राना, तेज बहादुर बडुवाल, किरन थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्र बहादुर शाही, धर्मानन्द जोशी, नाउपा नेपालबाट कृष्ण बहादुर चौधरी, प्रेमबती राना, संयुक्त नागरिकबाट दानियल विक,खडक बहादुर ताम्राकार, आम जनताबाट सिता विक, जग्गु चौधरी, मंगोल नेशनल अर्गनाईजेसनबाट हुम बहादुर गुरुङ्क, क्षेत्र नं. २ जनमतबाट रामचन्द्र भट्ट्, क्षेत्र ३मा नेकपा संयुक्तबाट कर्ण बहादुर चन्द, क्षेत्र ३ मै श्रम संस्कृतिबाट गंगादत्त जोशी, आम जनताबाट लक्ष्मी कुमारी विष्ट(भट्ट), राष्ट्रिय मुक्ति पार्टीबाट लोकराज भट्टले उम्मेदवारी दर्ता गराएका हुन ।

स्वतन्त्र तर्फ पनि १, २, ३ क्रमशः स्वतन्त्रबाट रुपादेवी विष्ट, यादव सिह, मञ्जुदेवी सुनार, अनिल राना, बिरेन्द्र राना, भानुभक्त बोहरा, सिद्धराज रेग्मी, हरि बहादुर भट्ट, थानेश्वर लेखक, बीर सिह क्षेत्री, हर्क बहादुर ऐरले उम्मेदवारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...