ghar sansar

कञ्चनपुर ३ का राप्रपा उम्मेदवार चन्द भन्छन्– चुनाव शान्तिपूर्ण हुनेमा अझै शंका छ

khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर ३ का उम्मेदवार पूर्ण बहादुर चन्दले अझै पनि चुनावी वातारण बन्न नसकेको बताएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलमा लुटिएका हतियार र फरार कैदीबन्दीका कारण चुनावी वातारण शंका गर्न पर्ने अवस्थामा भएको चन्दले उल्लेख गरे ।

Anant bahu travels

‘उम्मेदवारी दर्ता गरी चुनावी प्रक्रियामा होमि सकेका छौ, तर पनि अझै चुनावी वातावरण ठिक छैन, शान्ति पूर्ण रुपमा चुनाव हुनेमा अझै शंका छौ’ बुधबार पत्रकार सम्मेलनमा उनले भने ।

dirghayi clinic

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ नगर्न र सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता नहुनले चुनावी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको चन्दले बताए ।

राप्रपाका केन्द्रीय सदस्य एबम् केन्द्रीय सह प्रवक्ता चन्दले कञ्चनपुर ३ लाई नमूना बनाउने लक्ष्य लिएर उम्मेदवारी दिएको बताए ।

वर्षौदेखि सत्तामा बसेका दलहरुका कारण जनता असन्तुष्ट भएको र नयाँ राष्ट्रिय शक्तिको आशमा बसेकाले यस पटक कञ्चनपुर ३ मा राप्रपाले जित्ने चन्दले दाबी गरे ।

राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी सहित नेताहरु तिर्थराज चटौत, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

राप्रपा केन्द्रीय सदस्य चटौत कञ्चनपुर २ बाट उम्मेदवार छन् ।

 

Himal dental
सम्बन्धित
Loading...