ghar sansar

महेन्द्रनगर जेसिजको नेतृत्वका लागि आइतबार निर्वाचन, पन्त र पाण्डेय भिड्दै

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर जेसीजको ३८ औं अधिवेशनमा सहमतिका प्रयास सफल नभएपछि आइतबार निर्वाचन हुने भएको छ ।

शुक्रबारदेखि सुरु अधिवेशनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन सघन छलफल गरिएको थियो । सहमति हुन नसकेपछि ती दुई पदमा निर्वाचन गरी टुङ्गो लगाइने तयारी गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

अध्यक्षमा महासचिव लक्ष्मण दत्त पन्त र अक्षय पाण्डेय उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा नवराज जोशी र गोबिन्द भट्ट उम्मेदवार हुने भएका छन् । उपाध्यक्षमा मनोज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिका अनुसार मनोज भट्टले शनिबार उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षमा दुई उम्मेदवार प्रतिस्पर्धी हुन पुगेका छन् ।

यस अघि ३७ औं कार्य समिति सर्वसम्मत चयन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...