ghar sansar

सरस्वती पूजामा शिक्षकमाथि जातीय विभेद गर्ने बैजनाथ आधारभूत विद्यालयका अध्यक्ष भण्डारीलाई पदबाट हटाउन शिक्षक महासंघको माग

little buddha academy
khasi

महेन्द्रनगर । शिक्षक महासंघ कृष्णपुर नगर समितिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले शिक्षक गजराम सार्कीमाथि गरेको जातीय विभेद र अपमानजनक व्यवहारको आपत्ति जनाएको छ ।

महासंघ समितिका अध्यक्ष पुरन सिह बोगटी, सह अध्यक्ष दिपक भट्ट र सचिव गणेशराम सार्कीले शनिबार विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीलाई पदबाट हटाएर कानुनी कारवाही गर्न माग गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

महासंघले शिक्षक सार्कीमाथि सार्वजनिक कार्यक्रममा भएको विभेद घट्नाको निष्पक्ष र पारदर्शी छानबबिनको पनि माग गरेको छ ।

शिक्षक महासंघ कृष्णपुरले सार्कीमाथि गरिएको घट्नाले उनको व्यक्तिगत सम्मानमा मात्रै नभएर शिक्षक जगतको आत्मसम्मानमा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय ऐन २०६८) ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने कार्यलाई दण्डनीय अपराध मानेकाले अध्यक्षले पदीय मर्यादा मिचेर अपराधिक कार्य दुःखद भएको भन्दै भत्र्सना गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...