ghar sansar

मोबाइल बोकेर मत माग्दै स्वतन्त्र आम–जनता पार्टीकी बिष्ट

little buddha academy
khasi

हेमा भट्ट
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र आमा–जनताबाट लक्ष्मी कुमारी बिष्ट भट्ट मोबाइल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी छन् ।

भट्टले समाजसेवा, महिला सशक्तीकरण तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताइन् ।

,orning glory badhai

कञ्चनपुर क्षेत्र नं. ३ मा विगत लामो समयदेखि विकासको असमानता, बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँचको समस्या रहेको उल्लेख गर्दै उनले ती विषयमा व्यवहारिक र दीर्घकालीन समाधान आवश्यक रहेको धारणा राखिन् ।

भट्टले आफू कुनै ठूला वा शक्तिशाली राजनीतिक दलको संरक्षणमा नभई जनताको विश्वास र आत्मबलको आधारमा उम्मेदवार बनेको स्पष्ट पारिन् ।

dirghayi clinic

मोबाइल चिन्हलाई जनतासँगको प्रत्यक्ष सम्पर्क, आधुनिकता र जनआवाजलाई संसदसम्म पु¥याउने प्रतीकका रूपमा व्याख्या गर्दै उनले जनताको समस्यालाई नीति निर्माणको तहसम्म पु¥याउने प्रतिबद्धता जनाइन् ।

उनका चुनावी एजेन्डामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, युवालाई स्वरोजगार र सीपमूलक तालिम, महिलाको आर्थिक सशक्तिकरण, गुणस्तरीय तथा समावेशी शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, साथै सीमावर्ती क्षेत्रका समस्या, किसानका समस्या र सुरक्षा सम्बन्धि विषय समेटिएका छन् ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता, पारदर्शी बजेट व्यवस्थापन र सुशासन कायम गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

उम्मेदवारी घोषणापछि भट्टले घरदैलो अभियानलाई तीव्र बनाएकी छन् । अभियानका क्रममा स्थानीय महिला, युवा, किसान तथा सर्वसाधारणले शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षा राखिरहेका छन्। स्थानीय तहमा भट्टप्रति चासो र समर्थन बढ्दै गएको बताइन्छ ।

अन्त्यमा भट्टले आगामी निर्वाचनमा मोबाइल चिन्हमा मतदान गरी जनताको प्रतिनिधिलाई संसदमा पठाउन मतदातासँग अपिल गरेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...