ghar sansar

हँसिया चुनाव चिन्ह बोकेर चुनावी प्रतिस्पर्धामा चन्द

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता कर्ण बहादुर चन्द हँसिया चुनाव चिन्ह दिएर मतदाताको भेटघाटमा व्यस्त भएका छन् । एमाले कञ्चनपुरका पूर्व उप सचिव गत महिना पार्टी छाडेर संयुक्त पुगेका हुन् ।

२०४६को जनआन्दोलन २०५०को पार्टी महासचिव मदन भण्डारी हत्यादेखि महाकाली सन्धी आन्दोलनमा होमिनुका साथै ०६२दोस्रो जनआन्दोलनमा संघर्ष गरे बाफत जेल जीबन बिताएका छन् ।

dirghayi clinic

राजनीतिसंगै चन्द विभिन्न समाजिक क्षेत्रमा समेत जिम्मेबारी सम्हालिसकेका छन । शान्ति नितेनमा माविको अध्यक्ष बैजनाथ माविको पिटिए अध्यक्ष, कालिका आविको सदस्य, सिद्धनाथ बहुमुखी क्याम्पस संचालक समिति सदस्य, नेपाल पत्रकार महासंघ केन्द्रीय पार्षद, शहिद भीमदत्त पन्त प्रतिष्ठानको सचिव, मानव अधिकार सरक्षण मञ्चको अध्यक्ष भएका छन् ।

कञ्चनपुर ३ मा नेकपा(संयुक्त)का नेता एव पुर्वमन्त्रीद्वय उर्वादत्त पन्त, जयदेव जोशी सहितका कम्युनिष्ट नेता चुनावी मैदानमा होमिएका छन ।

चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापनादेखि जिल्ला, क्षेत्र, पालिका तहमा चुनाव प्रचारप्रसार समिति विस्तार गरेर खटिएका छन । पाटीका केन्द्रीय सदस्य दिल बहादुर विष्ट, गुलाब आउजीको संयोजकत्वमा चुनाव प्रंचारप्रसार समिति बनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...