ghar sansar

कञ्चनपुर ३ मा काँग्रेसभित्र मत्थर हुँदै असन्तुष्टि

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा नेपाली काँग्रेसभित्र उम्मेदवारीमा देखिएको असन्तुष्टि मत्थर हुन थालेको छ । पूर्व गृहमन्त्री रमेश लेखकले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन दोधारा चाँदनीमा काँग्रेस कार्यकर्ताले सभापति गगन थापा र उप सभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएका थिए ।

मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्तामा निवर्तमान सभापति शेर बहादुर देउवा पक्षीय अधिकाँश नेताहरु सहभागी भएनन् । केही नेता मुख्य निर्वाचन अधिकृत कार्यालय बाहिरसम्म पुगेर तत्काल फिर्ता भएका थिए ।
कञ्चनपुर ३ मा काँग्रेसबाट पूर्व जिल्ला सभापति हरि प्रसाद बोहरा चुनावी मैदानमा छन् ।

,orning glory badhai

काँग्रेस कञ्चनपुर २ बाट बोहरा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिश भएका थिए । काँग्रेस विशेष महाधिवेशनपछि उनी कञ्चनपुर ३ को उम्मेदवार बन्न पुगेका हुन् ।

कञ्चनपुर ३ पूर्व गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र हो । लेखक २०५६ देखि यस क्षेत्रमा चुनाव लड्दै आएका छन् ।
काँग्रेस कञ्चनपुरका सह सचिव नाफू सिह साउँदले अहिले असन्तुष्टि मत्थर भएको बताए ।

‘पार्टीभित्र केही कारणले नेता कार्यकर्ता असन्तुष्ट थिए, अहिले ती सबै असन्तुष्टि कम हुने हुँदै गएका छन्’ उनले भने ।

उम्मेदवारी दर्तापछि पार्टी कार्यालयमा तीन ओटै क्षेत्रका उम्मेदवार सहित जिल्ला समितिका बैठक बसेको थियो । बैठकले काँग्रेस उम्मेदवार जिताउन सबै नेता कार्यकर्ता सक्रिय हुन पर्ने निर्णय गरी तयारी गर्ने निर्णय गरेको थियो ।

काँग्रेसले माघ १५ गतेभित्र कञ्चनपुरका सबै निर्वाचन क्षेत्रका ९२ वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ । जिल्ला उप सभापति मिन बहादुर सिहको नेतृत्वमा ५सय १ सदस्यीय प्रचारप्रसार समिति बनाएको छ ।

नेता गोपाल गुरुङ्गले दोधारा चाँदनीका पुगेर असन्तुष्ट नेता कार्यकर्तालाई मनाउने प्रयास गरेका छन् ।

काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय काँग्रेसभित्र अहिले घात अन्र्तघात हुने अवस्था नभएकाले कञ्चनपुर ३ मा बोहरा चुनाव जित्ने दाबी गरे ।

dirghayi clinic

बोहरा कञ्चनपुर ३ मा नयाँ अनुहार नभएको र उनले कञ्चनपुरको काँग्रेसको नेतृत्व गरि सकेको पाण्डेय बताउँछन् ।
काँग्रेस यस क्षेत्रमा २०४८ को आम निर्वाचनपछि २०५१, २०६४ र २०७४ मा पराजित भएको छ । त्यस बाहेक २०४८, २०५६, २०६५, २०७० र २०७९ को निर्वाचन काँग्रेसले जितेको थियो ।

काँग्रेस पूर्व जिल्ला सचिव पाण्डेय यस पटक काँग्रेसका मत परिवर्तन नहुने र थोरै मतले भए पनि जित्ने बताउँछन् ।  ‘यो क्षेत्रमा हाम्रो आफ्नो मत छ , विगतमा पाको मत परिवर्तन हुँदैन, त्यसमा बरु थपिने सम्भावना हुन्छ’ उनले भने ।

यस पटक दोधारा चाँदनी क्षेत्रका उम्मेदवार चुनावी मैदानमा भएकाले त्यहाँको मत प्रभावित हुने आशंका काँग्रेसलाई छ । दोधारा चाँदनीका मान बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट कञ्चनपुर ३ मा उम्मेदवार छन् ।

चुनावमा सबै दलबीच प्रतिस्पर्धा हुने र नयाँ र पुराना सबैले मत पाउने पाण्डेयले बताए । काँग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपाबीच प्रतिस्पर्धा हुने उनको भनाई छ र ‘प्रतिस्पर्धा चाहिँ तीव्र हुन्छ, मत नयाँ सबैले पाउने हुन्, मुख्य प्रतिस्पर्धा काँग्रेस एमालेबीच हुन्छ’ उनले भने ।

कञ्चनपुर ३ मा राजनीतिक दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा सबैले मत पाउने तथा एकोहोरो र कम मत पाउने सम्भावना यस निर्वाचनमा नभएको पाण्डेयको बुझाई छ । ‘जसले जिते पनि एक हजार मतको हार जित हुन सक्छ’ उनले भने ।

कञ्चनपुर ३ मा देशभरिझै दुई थरी मतदाता भएको पाण्डेय बताउँछन् । उनका अनुसार बुझ्ने र लहडमा लाग्ने मतदाता सबै निर्वाचन क्षेत्रमा हुन्छन् । चुनावी प्रचारसंगै बुझ्ने मतदाता विवेक प्रयोग गर्ने अवस्था आउने उनी बताउँछन् ।

जेन जी आन्दोलनपछि बालेन र रवि लामिछानेको पक्षमा देखिएको माहौल चुनावी प्रचारप्रसारसंगै हराएर जाने उनले बताए ।

‘बालेन रविको भूमिका सबैले देखी सकेको छ, अन्तराष्ट्रिय सम्बन्ध बनाउन सकिँदैन, देश चलाउने भिजन के हो, योजना के हो त्यो छैन, खाली प्रधानमन्त्री बन्छु भनेर मात्रै हुँदैन भन्ने जनताले बुझि हाल्छन्’ उनले भने ।

काँग्रेसले कञ्चनपुरको चुनाव प्रचारप्रसारका लागि वनखेतमा सम्पर्क कार्यालय राख्ने तयारी गरेको छ । काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का सचिव उमेश जोशीले चुनावमा काँग्रेस प्रतिबद्ध भएर लाग्ने बताए ।

‘अहिले सचिवालय बनाई रहेका छौ, क्षेत्र र प्रदेशका बैैठक गरि सकेका छौ, भोलि नगर समितिको बैठक गर्र्दैछौ, त्यसपछि निर्वाचन कार्यक्रम अनुसार प्रचार प्रसार सामाग्री लिएर जान्छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...