ghar sansar

विमानस्थलमा भावुक भएर गृह नगर पुगे पूर्व गृहमन्त्री

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक सोमबार साँझ धनगढी विमानस्थल पुगे । जेन जी आन्दोलनपछि स्थान हद गरिएपछि पहिलो पटक गृह नगर आउन लागेका लेखकलाई स्वागत गर्न काँग्रेस नेता कार्यकर्ता, समर्थक दिउँसादेखि विमानस्थल पुगि सकेका थिए ।

लेखक विमानस्थलको आन्तरिक कक्षबाट बाहिर आएपछि रमेश लेखक जिन्दावाद, काँग्रेस जिन्दावाद भन्दै नारा लगाउन थाले । नाराहरु गुञ्जिँदै जान थालेपछि लेखकको अनुहार मलिन बन्यो, उनी भावुक देखिए ।

,orning glory badhai

नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिहले विमानस्थलमा नाराबाजीले लेखक भावुक देखिएको बताए ।

‘विमानस्थलमा सयौको भीडले एक साथ नारा लगायो, नारा निरन्तर गुञ्जि रह्यो, त्यसले वहाँ(लेखक) भावुक देखिनु भो’ उनले भने ।

लेखक भदौ तेस्रो साता गृहमन्त्री भएर महेन्द्रनगर आएर फर्किएपछि पहिलो पटक सोमबार गृह जिल्ला आएका हुन् ।

जेन जी आन्दोलनपछि सरकारले उनलाई उपत्यका बाहिर जान नदिने गरी स्थान हद लगाएको थियो । स्थान हदले जिल्ला आउन नसकेका लेखक सोमबार आएका हुन् ।

dirghayi clinic

लेखक सोमबार आउन लागेको खबर यस अघि सार्वजनिक भएको थियो । लेखकलाई स्वागत गर्न कञ्चनपुरका सबै क्षेत्रका नेता कार्यकर्ता धनगढी विमानस्थल पुगेका छन् ।

प्रेस युनियनका अध्यक्ष सिहका अनुसार लेखकलाई स्वागत गर्न काँग्रेस कञ्चनपुर ३ का उम्मेदवार हरि प्रसाद बोहरा, जिल्ला सभापति पदम बोगटी लगायत जिल्ला पदाधिकारी, नेता कार्यकर्ता धनगढी पुगेका छन् ।

धनगढी विमानस्थलबाट महेन्द्रनगर पुगेका उनले देश विषम परिस्थितिमा भएकोले चुनाव हुन लागेको र त्यसका लागि कञ्चनपुर ३ मा हरि प्रसाद बोहरा उम्मेदवार भएकाले जिताउन सबै लाग्नु पर्ने बताए ।

लेखकले २०५६ देखि चुनाव जित्दै आएको क्षेत्रमा यस पटक काँग्रेसका पूर्व जिल्ला सभापति बोहरा उम्मेदवार भएका छन् ।

लेखक पक्षका उनी पछिल्लो पटक काँग्रेस विशेष महाधिवेशनमा सहभागी भएका थिए । त्यसपछि उनी कञ्चनपुर ३ को उम्मेदवार भएका हुन् ।

कञ्चनपुर ३ बाट लेखक आफैं उम्मेदवारका लागि सिफारिश भएका थिए । लेखकले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन काँग्रेसभित्र असन्तुष्टि देखिएको थियो ।

महेन्द्रनगर पुगेपछि लेखकले निवासमा नेता कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरु गरेका छन् ।
निवासमा भेट्न पुगेका नेता–कार्यकर्तालाई लेखकले लोकतन्त्र जोखिममा रहेकाले सबै मिलेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।

‘संविधान लिकबाट बाहिर भएको छ। लोकतन्त्र जोखिममा छ,’ लेखकले भने, ‘देश अप्ठ्यारो अवस्थामा छ । यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ ।’ देशको अवस्था सामान्य नभएकाले संविधानको लिकमा ल्याउनका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो ।

Himal dental
सम्बन्धित
Loading...