ghar sansar

सई साप स्वतन्त्र उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । मेरो प्रमुख शुत्र बनेर रहेको पेट र गरीबीका विरुद्ध लडि रहेको थिए । दुःख गरेर पैसा कमाउँला, सबै कुरा पाउँला भनेर सोच्दथे । संसारमा आमा बुवा भन्दा ठूलो मेरा लागि कोही थिएन तर सोचेको कुरा नहुँदो रहेछ । केही हुन सक्छ कि ? छुट्टी पाइन्छ कि ? भनेर प्रयास त गरियो तर सोचे जस्तो भएन ।

भीमदत्त नगरपालिका १० तिल्केनीका हर्क बहादुर ऐरले आफ्नो परदेशीको व्यथा पुस्तकमा माथिको यो अशं समावेश गरेका छन् ।

,orning glory badhai

नेपाल प्रहरीमा ३० वर्ष सेवापछि प्रहरी नायब निरीक्षक (सर्ई) ऐरले अवकाश पछिको जीवन लेखन कार्यमा सक्रिय बनाएका छन् । अवकाशपछि उनका परदेशीको व्यथा सहितका पुस्तक लेखेका छन् । जन्म दिने आमाको जीवनी र दःुख पुस्तक पनि ऐरले लेखेका छन् ।

पुस्तक लेखनसंगै ऐर पछिल्लो पटक राज्यको नीति निर्माण तहमा जान खोजेका छन् । त्यसका लागि उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर ३ बाट उम्मेदवार बनेका छन् ।

ऐर पहिलो पटक चुनावी मैदानमा आएका छन् । निर्वाचन आयोगबाट उनले जीप चुनाव चिन्ह पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।

dirghayi clinic

प्रहरी भएर जनताका सेवा गरेका उनी राज्यको नीति निर्माण तहमा पुगेर फेरि सेवा गर्ने अठोट लिएको बताउँछन् ।
‘जनताको सेवा गर्न चुनावी मैदानमा आएको छु, सबैले मलाई सहयोग गर्नेमा आशा राखेछु’ मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवार दर्ता गर्दै ऐरले भनेका थिए ।

परदेशीको व्यथा पुस्तकमा ऐरले उल्लेख गरेको जीवन सोचे जस्तो नहुने वाक्य ठयाक्कै उनीसित मिल्न पुगेको छ । चुनाव लड्न नसोचेको उनी अहिले मत माग्दै मतदाताको घरदैलोमा पुगि रहेका छन् ।

प्रहरी बर्दी, बन्दुक र बुट भिरेर जन सुरक्षाका लागि घरदैलोमा पुग्ने उनीसित जीप चुनाव चिन्ह अंकित झण्डा, पर्चा र पम्पलेट छन् । समान्य पहिरनमा उनी आफ्ना समर्थक सहित कञ्चनपुर ३ का मतदाताको मन जित्न लागि परेका छन् ।

२०३० असार १० गते बैतडीको तत्कालिन डिलासैनी गाविस ७ मनेकाँडामा जन्मिएका ऐर २०४९ मा प्रहरी सेवामा भर्ना भएका थिए । उनी २०७९ भदौमा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएका थिए ।

परदेशी पुस्तकको लेखक परिचयमा ऐरले आफ्नो रुची अध्ययन र भ्रमण भएको उल्लेख गरेका छन् । ऐरले प्रहरी सेवामा हुँदा लेखन कार्य थालनी गरेका थिए ।

ऐरका आफन्त बीर बहादुर ऐरले उनी समाजसेवी, बुद्धिजीवि, धार्मिक र लेखन कार्यमा सक्रिय व्यक्ति भएको बताए ।
‘राष्ट्र सेवाको गरेको व्यक्तिले फेरि नीति निर्माण तहमा पुगेर सेवा गर्ने लक्ष्य राख्न राम्रो कुरा हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...