

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘जनसम्पर्क तथा अभिवादन अभियान’ का लागि सुदूरपश्चिम आएका छन् ।
नेता शाहले मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग भेटघाट र अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार अभियानको सुरुवात आज बिहान ७ बजे कैलालीको राजापुरबाट भएको छ। त्यहाँ स्वागत तथा अभिवादन कार्यक्रम सकिएपछि उनी आजै टिकापुर पुगका थिए ।
बिहान ८ देखि ९ बजेसम्म टिकापुर बजारस्थित पार्टी कार्यालय र कुमारी बैंक नजिकै विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसपश्चात नेता बालेन लम्की बजार, लम्की–बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरीया र चौमाला हुँदै अत्तरिया हुँदै यो समाचार तयार गर्दा उनी धनगढी–११ घुडसुवामा खाना खाइरहेका छन् ।
आजै अत्तरियाको रास्वपा पार्टी कार्यालयमा दिउँसो १ बजे संक्षिप्त भेटघाट कार्यक्रम तय गरिएको छ । दिउँसो २ः३० देखि ३ः३० सम्म शाह धनगढी बजारमा आयोजित स्वागत तथा अभिवादन कार्यक्रममा सरिक हुनेछन् ।
कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३ः३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।
साँझ ६ः१० देखि ७ः०० बजेसम्म महेन्द्रनगर बजारको घन्टाघर वा मदन चोकमा अन्तिम स्वागत कार्यक्रम राखिएको छ ।
दिनभरिको व्यस्त तालिकापछि उनी आज राति कञ्चनपुरमै रात्रि विश्राम गर्ने आयोजकले जनाएको छ । यस अभियानलाई रास्वपाले संगठन विस्तार र जनताको सुझाव संकलन गर्ने महत्वपूर्ण कडीका रूपमा हेरेको छ ।

