
पूर्व गृह मन्त्री लेखक गृह नगर पु्गेको दोस्रो दिनमै आए बालेन, लेखकको गृह नगरमा पाँच मिनेट पनि टिक्न नसकेको भन्दै टिप्पणी


महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक गृह नगर आएको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) महेन्द्रनगर आएका छन् । चुनावी प्रचार दौडाहामा आएका शाह पुनर्वास हुँदै महेन्द्रनगर आएर फर्किएका छन् ।
महेन्द्रनगरमा उनले पार्टी कार्यालयमा घण्टी बजाए । नेता कार्यकर्ता र समर्थकलाई केही पनि नबोली उनी फर्किएका छन् ।


पत्रकार ऐश्वर्या कुँबरले बालेन ५ मिनेट भन्दा बढी महेन्द्रनगर बस्न नसकेको भन्दै भिडियो साझा गरेकी छन् । उनले पूर्व गृहमन्त्री लेखकको नगरमा बालेनमा पाँच मिनेट टिक्न नसकेको, कार्यकर्ता हेरेको हे¥यै भनेर लेखेकी छन् ।
सोमबार पूर्व गृहमन्त्री लेखकलाई धनगढी विमानस्थलमा ठूलो संख्यामा काँग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
जेनजी आन्दोलनपछि स्थान हद लागू भएपछि लेखक सोमबार गृह नगर आएका हुन् । उनले सोमबार साँझदेखि चुनावी भेटघाट थालेका छन् ।
कञ्चनपुर ३ मा काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति हरि प्रसाद बोहरा उम्मेदवार छन् ।
