
चुनाव बिथोल्ने र पार्टीको बदनाम हुने गरी फेसबुकमा भ्रम फैलाएको भन्दै एमाले कञ्चनपुर दियो साइबर अपराधमा जाहेरी


महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरले सामाजिक सञ्जाल फेसकुमा पार्टी विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै साइबर अपराधमा मुद्दा दर्ता गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुधबार बन्दना प्रकाशन, लक्ष्मण कठायत, चितवनले जन्माएको मान्छे र स्मार्ट न्यूज विरुद्ध साइबर अपराधमा कारवाहीका लागि जाहेरी दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता जाहेरी जाहेरीमा सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश, एमाले संस्थापन रास्वपा प्रवेश लगायतका भ्रामक प्रचार सामाग्री र भिडियो पोष्ट गरी चुनाव प्रभावित र पार्टी बदनाम हुने काम गरेकोले त्यसमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।


माघ १२ गते विभिन्न सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिङ्गो टीम रास्वपा प्रवेश लगायतका सूचना सार्वजनिक गरिएका थिए ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले सोही दिन खण्डन गरेकी थिइन ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले चुनावी वातावरण बिथोल्ने र एमालेको बदनाम गर्ने मनसाय राखेर फेसकुबाट ती सामाग्री राखेर प्रचार गरिएकाले कारवाहीका लागि जाहेरी दिइएको बताए ।

