ghar sansar

एमाले विरुद्ध फेसबुकबाट अपवाह फैलाउनेलाई छिटो कानुनी दायरामा ल्याउन माग

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले चुनाव बिथोल्न र पार्टीलाई बदनाम गर्न सामाजिक सञ्जालबाट भ्रामक सूचना सार्वजनिक गरी दुष्प्रचार गर्ने कार्यमा संलग्नलाई कारवाहीको माग गरेको छ ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले विज्ञप्ति सार्वजनिक गरी भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध साइबर अपराधमा जाहेरी दर्ता भई सकेको उल्लेख गर्र्दै छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

एमाले कञ्चनपुरले बिहीबार विभिन्न सामाजिक सञ्जालमा भ्रम फैलाउन फेसबुक पेज र व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा साइबर अपराधमा जाहेरी दिएको थियो ।

माघ १२गते सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिंगो टीम रास्वाप प्रवेश भन्ने सूचना फैलाइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...