

महेन्द्रनगर । एमाले नेता एबम् भीमदत्त नगरपालिका १८ का पूर्व वडा सदस्य नारद सुनारले आफूले पार्टी छाडेको हल्ला फैलाएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
सुनारले सार्वजनिक विज्ञप्तिमा केही व्यक्ति र मिडियाले आफू नेकपा प्रवेश गरेको भनेर हल्ला फैलाएकाले आफू कुनै पनि पार्टी प्रवेश गरेको र आफ्नो चरित्र हत्या गर्न हल्ला फैलाएको उल्लेख गरेका छन् ।


२०७४ बाट एमालेबाट वडा सदस्य निर्वाचित सुनार ३५ वर्षदेखि एमालेमा सक्रिय भएर पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् ।
भीमदत्त नगरपालिका १८ खैरभट्टीका सुनारले नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुर अध्यक्ष र एमाले जिल्ला कमिटी सचिवालय सदस्य भएका छन् ।
दलित समुदायको हक अधिकार, जातीय विभेद तथा छुवाछुत विरोधी आन्दोलन र समाजलाई समानता मुलक बनाउने अभियानमा सुनार सधैं सक्रिय हुँदै आएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्माले बताए ।


