

महेन्द्रनगर । एमाले पूर्व साँसद डा.दिपक प्रकाश भट्टले डिजिटल माध्यमबाट सामाजिक मनोबल खलबल्याउने गरी नकारात्मक पक्ष हावी गर्ने कार्य भइ रहेको बताएका छन् ।
कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टले बिहीबार उम्मेदवार पत्रकार भेटघाट कार्यक्रममा समाज भ्रामक सूचनाको चपेटामा परेको उल्लेख गर्दै भने, ‘ अहिले जसरी डिजिटल माध्यमबाट सामाजिक मनोबललाई खलबल्याउने काम भएको छ, यो मानव जातीका लागि राम्रो पक्ष, नकारात्मक पक्ष र प्रत्येक ८ अर्ब विश्वका सबैलाई जोड्ने त्यसिको नकारात्मक पक्ष मात्रै हावी गर्ने काम भई रहेको छ ।’

डा.भट्टले अहिले भूराजनीतिक चलखेल बढी रहेको र निर्वाचनमा भ्रामक सूचनाले नागरिकको दिमाग भ्रमित पर्न सक्ने उल्लेख गरे ।
‘अहिले भू राजनीतिक चलखेल बढेको छ, त्यस कारण यो निर्वाचनमा पनि निर्वाचनमा पनि आम नागरिकलाई भ्रममा पार्ने मिथ्याङ्कहरु मिस इन्फरमेसन, डिस इन्फर्मेसन र साथसाथै मोनिटाइजले पनि साथसाथै आम नागरिकको दिमागलाई पनि भ्रमित पार्ने कार्य भई रहेको छ’ उनले भने ।

देश अहिले राजनीतिक अस्थिरताको भूमरीमा परेको र देशका संस्थाहरु कमजोर हुन पुगेको उनले बताए ।
‘देश राजनीतिक अस्थिरताको भूमरीमा परेको छ, राजनीतिक स्थायित्व नहुने बित्तिक्कै इन्स्च्यिुटसनहरु कमजोर भएका छन्; उनले भने, ‘त्यसको प्रमाण भदौ २३ र २४गतेका दिन हाम्रो लोकतन्त्रको धरोहर न्यायपालिकार कार्यपालिका विधायिकामाथि जसरी विध्वंश मच्चाइएको छ, आगो लागेर, त्यहाँ भएका हाम्रा सबै अभिलेखकहरु सबै ध्वस्त पारिएको छ ।’
राष्ट्रिय धरोहरमा विध्वंशको घट्ना यस अघि सुनेको भए पनि भदौ २३ र २४ गतेका घट्नामा आँखै अगाडि देखेको उनले बताए ।
‘जबकी आज पनि विश्वमा फर्केर हेर्दा कुनै बला नालन्दा तक्षशिला विश्वविद्यालयको कुरा गर्छौ, त्यहाँ पनि लगाएको विध्वंशकारीले आगो सयौ दिनसम्म बलेको भनेर हामी सुन्छौ’ उनले भने,‘अहिले हामीले त्यो अहिले हाम्रै आँखाबाट देखेका छौ। विश्वमा स्थायित्व दिनका लागि पुरानो कुराको धेरै महत्व हुन्छ, अक्सफोर्ड सबैभन्दा विश्वविद्यालयमा किन गरिन्छ, १०९६ वर्ष पहिले स्थापना भएको थियो, त्यो विश्वविद्यालय किन व्यवस्थित छ भने त्यहाँ पुरानो अभिलेखहरु रहि रहन्छ ।’
हात हातमा मोबाइल भएर आफूलाई आधुनिक सोचे पनि अहिले अल्प बिकसितबाट उक्लिने प्रयास थालिएको डा. भट्टको भनाई थियो ।
