ghar sansar

जसको पहलले हुँदैछ सुप विश्वविद्यालयमा हर्बल साइन्स पढाउने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा हर्बल साइन्स पठनपाठनको तयारी गरिएको छ । एमाले पूर्व साँसद एबम् कञ्चनपुर ३ का उम्मेदवार डा. दिपक प्रकाश भट्टको सुझावमा विश्वविद्यालयले स्नातक तहमा हर्ब साइन्स पढाउने तयारी थालेको छ ।

कञ्चनपुर ३ बाट साँसद निर्वाचित भएपछि उनले विश्वविद्यालयका औपचारिक तथा अनौपचारिक कार्यक्रममा सुदूरपश्चिमको क्षेत्रको जडीबुटी र त्यसबाट हुने लाभलाई मध्यनजर गरी हर्बल साइन्स पढाउनु पर्ने सुझाव दिएका थिए ।

,orning glory badhai
dirghayi clinic

बिहीबार उम्मेदवार पत्रकार भेटघाट कार्यक्रममा उनले विश्वविद्यालयले कोर्ष बनाएको र अर्को वर्षदेखि पढाउने तयारी गरेकाले आफू खुसी भएको उल्लेख गरे ।

बिएस्सी हर्बल साइन्सका लागि आफूले पहल गरेको र त्यसबाट विद्यार्थीहरु रोजगार र स्वरोजगारको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले खेलकूदका माध्यमबाट रोजगारी बढाउने लक्ष्य सहित स्पोर्टस म्यानेजमेन्टका लागि छलफल थालिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...