
एमाले कञ्चनपुर ३ का उम्मेदवार डा. भट्ट भन्छन् – स्मार्ट प्रविधिमा आधारित उद्योग स्थापनाको प्रस्ताव ल्याउँछौ


महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार पूर्व साँसद डा. दिपक प्रकाश भट्टले स्मार्ट प्रविधिमा आधारित उद्योग स्थापना गर्ने प्रस्ताव ल्याउन लागिएको बताएका छन् ।
दोधारा चाँदनी नगरपालिकामा निर्माणाधिन सुख्खा बन्दरगाह सहित स्मार्ट टेक्नोलोजीमा आधारित नयाँ उद्योगहरु स्थापना गर्ने प्रस्ताव अघि सार्ने कुरा गरि रहेको डा. भट्टले बताएका हुन् ।


‘सुख्खा बन्दरगाह सहित स्मार्ट टेक्नोलोजीमा आधारित नयाँ उद्योगहरु स्थापना गर्ने प्रस्ताव अघि सार्ने कुरा गरि रहेका छौ, बिहीबार पत्रकार उम्मेदवार भेटघाट कार्यक्रममा उनले भने, ‘त्यसलाई रोजगार र स्वरोजगार सहित जोड्ने छौ ।’
सुदूरपश्चिम क्षेत्रबाट रोजगारका लागि बाहिर जाने कार्य रोक्नका लागि आप्रवासन नीतिसित जोडेर अघि बढाइने उनले बताए ।
‘सुदूरपश्चिमबाट लेबर बाहिर जाने विषय छ, त्यसलाई आप्रवासन नीति मार्फत सम्बोधन गर्ने छौ, त्यसका लागि श्रम कुटनीति र माइगे्रसन कुटनीति मार्फत संस्थागत गर्नेछौ’ उनले भने ।
सुदूरपश्चिमबाट देश बाहिर जानबाट रोक्ने, फर्किएकालाई रोजगारी र उत्पादनसित जोडेर स्वरोजगार बनाउने गरी योजना ल्याउने कार्य गरिने उनले बताए ।
