ghar sansar

गृह नगरको चुनावी घरदैलोमा नेकपा उम्मेदवार सुनारले भने– हरेक दिन जनताको सेवामा समर्पित हुने संकल्प गर्छु

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार मान बहादुर सुनारले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्री सुनारले चुनावी घरदैलोको क्रममा दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा स्थानियबासीसंग भेट गर्दै उनले हरेक दिन जनताको सेवामा समर्पित हुने आफ्नो संकल्प गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

‘हरेक बिहानको कञ्चनपुरका जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने मेरो ईच्छा शक्ति थप बलियो बन्दै गएको छ्’ उनले भने, ‘म सधैं जनताकै साथमा छु, हरेक समय, हरेक परिस्थितिमा ।’

उम्मेदवार मान बहादुर सुनारले कञ्चनपुरका युवालाई आधुनिक प्रविधिसाग जोड्दै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तन मार्फत युवालाई घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गरिनेछ’ उनले भने ।

‘विकास र समृद्धिका लागि ईमानदारी, प्रतिबद्धता र निरन्तरताका साथ म लागिरहन्छु’ उनले भने । युवाको भावना बुझ्दै उनले भ्रष्टाचार विरुद्ध आफ्नो कठोर अडान रहदै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...