ghar sansar

कञ्चनपुर ३ मा डा. भट्टलाई जिताउन यस्तो छ एमालेको तयारी

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई चुनाव जिताउन पार्टी जिल्ला पदाधिकारी सहितलाई जिम्मेवारी दिएको छ ।

एमालेले जिल्ला कमिटी उप सचिव राजीब खड्कालाई कञ्चनपुर ३ को मूल निर्वाचन परिचालन कमिटी तथा दोधारा चाँदनीमा गगन खत्री र भीमदत्त नगरपालिकामा बिष्णु कँडेललाई निर्वाचन परिचालन समितिको जिम्मा दिएको हो ।

,orning glory badhai

खत्री र कँडेल दुबै एमाले जिल्ला सचिवालय सदस्य हुन् । एमाले जिल्ला कमिटी बैठकले चुनावी अभियानका लागि जिम्मेवारी बाँडफाँट गरेको थियो ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले पार्टीका उम्मेदवार जिताउन जिम्मेवारी बाँडफाँट गरेको जानकारी दिए ।

कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार डा. भट्ट र पत्रकार भेटघाट कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । यसैगरी निर्वाचन क्षेत्रका सबै ३० वडामा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको र केही वडा कार्यालयमा चुनाव सम्पर्क कार्यालय खोलिएको बताए ।

माघ २० गतेभित्र सबै वडामा निर्वाचन सम्पर्क कार्यालय खोलि सक्ने एमाले तयारी छ । दोधारा चाँदनीमा केही दिनमै चुनाव सम्पर्क कार्यालय खोल्ने अवस्थीले बताए ।

dirghayi clinic

भीमदत्त नगरपालिकाका लागि जिल्ला पार्टी कार्यालयमा सम्पर्क कार्यालय राखिएको छ । प्रचार विभाग प्रमुख अवस्थीले पार्टीका सबै संरचना र संगठन निर्वाचनमा परिचालन गरिएको बताए ।

निर्वाचन आचार सहिता अनुसार फागुनदेखि झण्डा सहित चुनावी प्रचार गरिने र त्यस अघि उम्मेदवार सहित नेताहरु मतदाताको घरदैलोमा पुगेको बताए ।

‘अहिले उम्मेदवार सहित विभिन्न तहका नेता मतदाताको घरमा पुगेर आफ्ना कुरा राखि रहेका छौ, देशको अवस्थाबारे भनि रहेका छौ, आफ्ना एजेण्डाबारे भनेर सहयोगका लागि आग्रह गरि रहेका छौ’ उनले भने ।

कार्यक्रममा अवस्थीले २०८४ मा हुने निर्वाचन दुई वर्ष अघि नै भएकोले यसलाई देश निकास दिने कि दुर्भाग्य भन्नेमा आ आप्mना तर्क भएको उल्लेख गर्दै देशको जिम्मेवार राजनीतिक शक्ति भएकाले एमाले चुनावमा सहभागी भएको बताए ।
‘देश चुनावमा गइ सकेपछि यो देशको लोकप्रिय पार्टी, सबैभन्दा ठूलो पार्टी, २०७९ को निर्वाचनको समानुपातिक मतले त्यो पुष्टि गरि सकेको छ, त्यसबाट प्रमाणित भइ सकेको पार्टी हामी निर्वाचनबाट कहिले पनि डराउँदैनौ, जनताको बिचमा छौ र जनताको बिचमा जान पछि हट्दैनौ उनले भने ।

प्रचार विभाग प्रमुख अवस्थीले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेबीचको लडाई भएको बताए ।

अहिलको निर्वाचनमा विषय, मुद्दा र एजेण्डामा नभएको उल्लेख गर्दै उनले यस पटकको निर्वाचन म्याराथुन दौड जस्तो भएको बताए ।

‘पार्टीको विषय वस्तु के हुन, पार्टीका उम्मेदवारका विषय वस्तु के हुन्, पार्टीको घोषणा पत्र के हो, कसैले त्यो विषयमा नबोलिकन एउटा हावाको भरमा, मलाई लाग्छ, निर्वाचनले राज्यले निकास दिन्छ भन्ने हो, निश्चित मुद्दा हुनु पर्ने हो तर अहिले हामी एउटा अन्यौलका बीच गई रहेकाले हाम्रो पार्टीले त्यस्तो होइन हामी मुद्दामा निर्वाचन लड्छौ, हामी विषय वस्तुमा निर्वाचन लड्छौ भनेर हामीले सुरुमै उम्मेदवारको धारणा के हो, पार्टीको धारणा के हो भनेर सार्वजनिक गर्न तीन ओटै क्षेत्रमा कार्यक्रम गरि रहेका छौ ।’

Himal dental
सम्बन्धित
Loading...