ghar sansar

सत्यवादी माविको बार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत नगरपालिका ५ बनगाउस्थित सत्यवादी माध्यमिक बिद्यालयले ४३ औ बार्षिकोत्स्व तथा अभिवावक दिवस मनाएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष वीर बहादुर चन्दको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरिको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक सुरेन्द्र सिंह साउदले प्रगती प्रतिवेदन प्रस्तुत गरे । कक्षा १ देखि १० सम्म पढाइ हुने बिधालयमा हाल पाच सय बिद्यार्थी अध्ययनरत छन् ।

भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष एबम नगर प्रवक्ता पदम राज अवस्थी र भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा हरि दत्त जोशी बिशिस्ट अतिथी थिए ।

बिद्यार्थीद्वय प्रज्ञा पन्त र सृष्टि साउदले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक जगदिश ओझा र खेम राज भट्टले गरे ।

dirghayi clinic

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रमेश दयाललाई सम्मान गरिएको छ । कार्यक्रममा अजब बहादुर चन्दले गरिब तथा बिपन्न विद्यार्थीहरूलाई ६ थान साइकल वितरण गरे ।

उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

क्षयकोषमार्फत २९ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका थिए । सत्यवादी माध्यमिक विद्यालय कल्याणकारी अक्षयकोषमा स्थानीय लक्ष्मी जोशीले ५० हजार उपलब्ध गराईन ।

यसैगरि भीमदत्त नगरपालिका १६ परखेडीका मन्दिर साउदले दुई लाख एक सय ५ रुपैयाको स्व. कैलाश साउद स्मृति अक्षय कोष स्थापना गरेका छन् ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

कार्यक्रममा भीमदत्त शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट, बैजनाथ माबीका पीटीए अध्यक्ष नव राज भट्ट, प्रधानाध्यापक नरेन्द्र राज जोशी, महेन्द्रनगर माबी साधारण स्कुलका अध्यक्ष बिरेन्द्रराज बिष्ट, प्रधानाध्यापक देबराज भट्ट, लक्ष्मी माबी बागफाटाक प्रधानाध्यापक प्रमानन्द नाथ, महेश्वर माबी सुकासालका प्रधानाध्यापक जनकराज जोशी, जनसेवा माबी हल्दुखालका प्रधानाध्यापक कल्पना पाण्डेय जोशी, नेपाल शिक्षक महासङघ कंचनपुरका अध्यक्ष निर्मला जोशी, त्रिवेणी आधारभूत बिधालयका प्रधानाध्यापक ज्ञानु आग्री, शिव ज्ञानेश्वर आधारभूत बिधालयका प्रधानाध्यापक शेर सिह महरा, सरस्वती माबिका प्रधानाध्यापक जनक राज जोशी, भानु माबिका शिक्षक डम्वर जोशी लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...