ghar sansar

मर्निङ्ग ग्लोरीमा स्वास्थ शिबिर, एक सय २७ बिद्यार्थीको स्वास्थ जाँच

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकि टोलस्थित मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलमा निशुल्क स्वास्थ शिबिर गरिएको छ ।

शिबिरमा बिद्यालयका एक सय २७ बिद्यार्थीको स्वास्थ जाँच गरिएको बिधालयका प्रीन्सिपल चुडामणी शर्माले बताए ।

मन्त्र हस्पिटलका चिकित्सकद्वय डा. गोबिन्द रोकाया र बाल रोग विशेषज्ञ डा. मनिश शाहले स्वास्थ् परिक्षण गरे ।

dirghayi clinic

शर्माले चिसो मौसममा स्वास्थ समस्या हुने र बच्चाहरुको पढाईमा असर पर्ने भएकोले बिद्यार्थीरुलाई स्वस्थ राख्न शिबिर आयोजना गरिएको बताए ।

नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुको शिबिरमा स्वास्थ्य परिक्षण गरिएको छ ।

स्वास्थ शिबिरमा अधिकाँश बालबालिकाको कान नाकको समस्या देखिएको बताए ।

शिबिरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशब चन्द, प्रीन्सपल चुडामणिा शर्मा, एकेडेमिक काउन्सलर पृथ्वीराज भट्ट लगायत शिक्षक बिद्यार्थी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...