ghar sansar

एमालेपछि नेकपा उम्मेदवार विरुद्ध फैलाइयो अपवाह, विज्ञप्ति निकालेर नेकपाले गर्यो खण्डन

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरले पार्टी विरुद्ध अपवाह फैलाएको भन्दै साइबर अपराधमा जाहेरी दिएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार विना मगर दुष्प्रचारको निशानामा परेकी छन् ।

पूर्व मन्त्री मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनी यस अघि कञ्चनपुर १ मा एमाले पराजित भएकी थिइन् । २०७४ मा जितेपछि मगर खानेपानी मन्त्री भएकी छिन् ।

,orning glory badhai
dirghayi clinic

मगर चुनावी प्रचारमा व्यस्त भएपछि सामाजिक सञ्जाल फेसबुकबाट मगरलाई जोडेरको उनको विदेशेमा व्यवसाय भएको भन्दै प्रचार गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन क्षेत्र नं. १ का संयोजक देबीलाल चौधरीले विज्ञप्ति सार्वजनिक गरी मगरको व्यक्तिगत र राजनीतिक रुपमा चरित्र हत्या गर्ने नियतले गलत प्रचार गरिएको खण्डन गरेका छन् ।

यस अघि सामाजिक सञ्जालमा एमाले कञ्चनपुरको सिंगो टीम रास्वपा प्रवेश गरेको हल्ला फैलाइएको थियो । एमाले कञ्चनपुरले त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधमा मुद्दा दर्ता गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...