

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित अपी इन्टरनेशन पब्लिक स्कुलमा कक्षा ६ का विद्यार्थी दिक्षित जोशी शुक्रबार बीर सहित अमर रहनु लेखिएको प्लेकार्ड बोकेर दशरथ चन्दको शालिक पुगेका थिए ।
हातमा प्लेकार्ड बोकेर उनले सहित दशरथ चन्दको शालिकमा टिका र फूलमाला चढाए । पहिलो पटक सहिद चन्दको शालिक देखेका उनले देश र जनताको लागि सहिदले ज्यान दिएकाले सबै नेपालीले सम्झन र सम्मान गर्न पर्ने बताए ।

‘सहिद भनेका देश र जनताका लागि ज्यान दिने मान्छे हुन्, हामी सबैले वहाँको सम्मान र सम्झना गर्न पर्छ,’ भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेका उनले भने, ‘वहाँहरुको सपना सकार पार्न पर्छ, देशका लागि हामी सबैले पनि पर्दा अघि बढ्न आवश्यक छ ।’
जोशी सहित विद्यार्थीहरु सहिद दिवसका दिन दशरथ चोक आएर सहिद चन्दको शालिकमा आएर सहिद दिवस मनाएका छन् । विद्यार्थीहरुले शालिकमा टिका र फूलमाला चढाएर श्रद्धाञ्जली दिए । उनीहरुसंगै विद्यालयका शिक्षक कर्मचारी पनि सहभागी भए ।

देश स्वतन्त्र सहिदले देशका लागि त्याग गरेको विद्यालयका कक्षा ७ का छात्रा कृष्टिना साउँदले बताइन् । सबै नेपालीले सहिदको सम्झना गरी सहिदका सपना साकार पार्न लाग्नु पर्ने उनी बताउँछिन् ।
‘हामी सबैले सहिदको सम्झना र सम्मान गर्न पर्छ, देश स्वतन्त्र बनाउन, जनताको हक अधिकारका लागि वहाँहरु(सहिद) को ठूलो योगदान छ’ उनले भनिन्, ‘वहाँहरुको सपना साकार पार्नै पर्छ ।’
चिकित्सक बन्ने लक्ष्य राखेकी उनी पहिलो पटक सहिदको शालिकमा आएर माल्यार्पण गरेको बताइन् । ‘यस अघि आएको थिइनु, पहिलो पटक आएकी छ, सहिदलाई सम्मान गर्न पाउँदा खुसी छु’ उनले भनिन् ।
देश र जनताको लागि ज्यान बलिदान दिने सहिदको सबैले सम्झना गर्न पर्ने विद्यालयकी कक्षा १० का छात्रा भावना कार्कीले बताइन् ।

‘वहाँहरुले देश र जनताका लागि ज्यानको बलिदान दिनु भएको छ, आजको दिन वहाँहरुको सम्झना गर्नु पर्छ, सम्मान गर्न पर्छ’ उनले भनिन् ।

सहिदको योगदान र सम्मानका लागि विद्यार्थीहरुलाई शालिकमा ल्याएर सहिद दिवस मनाइएको विद्यालयका संस्थापक खगेश्वरी भट्ट बोगटीले बताइन् ।
‘सहिद भनेको के हो, वहाँहरुको योगदान के छ, योगदानको सम्मान कसरी गर्ने, वहाँहरुको सपना कसरी साकार पार्ने भनेर विद्यार्थीहरुलाई शालिकमा ल्याएर सहिद दिवस मनाएका छौ’ उनले भनिन् ।
शालिकमा आएर विद्यार्थीहरुले सहिदको शालिकमा माल्र्याण गरी श्रद्धा सुमन व्यक्त गर्न पाउँदा खुसी भएको उनले बताइन् ।
विद्यार्थीहरुलाई सैद्धान्तिकसंगै प्रयोगात्मक र जीवनपयोगी शिक्षालाई प्राथमिकता दिएको उनी बताउँछिन् ।
विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सहिद दशरथ चन्दको शालिकमा माल्यार्पणपछि विद्यार्थीहरुले सिद्धनाथ मन्दिर क्षेत्र अवलोकन गरेका छन् ।

दशरथ चन्द सहित गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले जहाँनिया राणा शासन विरुद्ध आन्दोलन गरेपछि १९९७ मा फाँसी दिइएको थियो । सहिदहरुलाई फाँसी दिइएको सम्झनामा बर्सेनी माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।
अपि इन्टरनेशनले पहिलो विद्यार्थीहरुलाई महेन्द्रनगरस्थित सहिदको शालिकमा ल्याएर दिवस मनाएको प्रिन्सिपल राजेन्द्र पाण्डेयले बताए ।
शालिकमा माल्यार्पण गर्न विद्यार्थीहरुले बीर सहिद अमर रहनु, बीर सहिद जिन्दावाद भन्दै नारा लगाएका थिए ।

