

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्टले दोधारा चाँदनीले आफूलाई यस पटक पनि साथ दिनेमा पूर्ण विश्वस्त भएको बताएक छन् ।
एमालेको नगर स्तरीय चुनावी तयारी बैठक र मतदाता भेटघाटका लागि दोधारा चाँदनी पुगेका उनले आफू दोधारा चादनीको बिकासका लागि सदा सक्रिय र प्रतिबद्ध भएर लाग्ने बताए ।

दोधारा चाँदनीबाट यश पटक पनि बिगत जसरी साथ पाउनेमा आफू पूर्ण आश्वस्त भएको उल्लेख गर्दै उनले यस पटक बिकास र रोजगारका एजेण्डा लिएर आएको बताए ।

२०७४ को आम निर्वाचनमा भट्टले दोधारा चाँदनीमा बाचा अनुसार बिकास निर्माण, शिक्षा स्वास्थ्य, सुरक्षा र नदी नियन्त्रणका काम थालिएका छ्न ।
दोधारा चाँदनीस्थित निर्माणाधिन सुख्खा बन्दरगाह निर्माणमा भट्टले खेलेको भूमिका सर्वत्र प्रशङसा पाएको थियो ।
दोधारा चादनी ७ मा प्रस्त्तावित बन्दरगाहका आवश्यक जग्गा दिन नसकिने भन्दै स्थानीय आन्दोलनमा उत्रिएर भारतीय राजदूत सहितमाथी ढुङ्गा मुढा गरिएको थियो ।
स्थानीयको व्यापक बिरोधपछि अन्यौलमा परेको बन्दरगाहका लागि तत्कालिन साङ्सद भट्टले वडा न. १ मा स्थान खोजेका थिए ।
सुख्खा बन्दरगाहलाई अन्तरास्ट्रिय व्यापारको केन्द्र बनाउने र भारतको गुजरातको मुद्रा र मुम्बईको जवाहरलाल नेहरु बन्दरगाहसम्म कारोवार गरि आर्थिक प्रगति र रोजगारीका अवसर सिर्जना गरिने वताए ।
महाकाली कोरिडोर निर्माण गरि चीनशीत व्यापार गरिने र सुदूरपश्चिमको जन शक्ति पलायन रोक्न आप्रासन नीतीमा सुदूरपश्चिमका मुद्दा समावेशका लागि पर्ने उनले बताए ।

