

महेन्द्रनगर । उज्यालो नेपाल पार्टीले दोधारा चाँदनी नगरपालिकामा चुनावका लागि निर्वाचन परिचालन समिति बनाएको छ । कञ्चनपुर ३ का पार्टीका उम्मेदवार भीम बहादुर कुमालको उपस्थितिमा शनिबार निर्वाचन परिचालन समिति बनाएको छ ।

दोधारा चादनीको साबिक दोधारा र चादनी दुबै क्षेत्रमा निर्वाचन परिचालन समिती बनाउने चुनावी योजना अनुसार दिल बहादुर थापाको नेतृत्वमा दोधारामा समिती बनाइएको छ । समिति २५ सदस्यीय बनाइएको छ ।

समिति गठनसँगै निर्वाचन सम्पर्क कार्यलय पनि खोलिएको छ । उम्मेदवार कुमाल दोधारा चादनीका हुन् । अहिले रास्ववा उम्मेदवार कुमाल चुनावी भेटघाटमा व्यस्त छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी दोधारा चाँदनीको मेयरमा स्वतन्त्र लडेका थिए । त्यसपछि प्रदेश सभा सदस्यका लागि चुनाव लडेका उनी अहिले संघीय साँसदका लागि मैदानमा छन् ।

