ghar sansar

तिल्केनीको शान्ति सामुदायिक वनमा भेटियो युवतीको शव, बलात्कारपछि हत्या गरी राखिएको आशंका

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतिको शव भेटिएको छ । सामुदायिक वनको बुन्यादल क्षेत्रमा अर्ध नग्न अवस्थामा खोल्सा नजिक ओढारमा शनिबार शव भेटिएको छ ।

घाँस दाउरा काट्न वन गएका स्थानीयले देखपछि प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीले शनिबार घटनास्थल मुचुल्का गरी शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ ।

,orning glory badhai

शवको अझै पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार जुत्ता र कपडाको सिरान बनाएर सुतेको अवस्थामा शव भेटिएको छ । शव १७ देखि १८ वर्षकी युवतीको हुन सक्ने आशंका गरिएको छ ।

शव सड्न लागेको अवस्थामा भेटिएको छ। ती युवतीको अनुहार सडि सकेको छ । शरिरका अन्य भाग पनि सडेका छन् । शरिरमा धारिलो हतियार प्रहार गरिएका चोटपटक छन् ।

dirghayi clinic

स्थानीयले बलात्कारपछि हत्या गरी शव जङ्गलमा लगेर फालिएको हुन सक्ने आशंका गरेका छन् ।

‘यो वनको निकै माथिल्लो क्षेत्र हो, कसैले नदेखुन भनेर अन्तै मारी यहाँ ल्याएर फालेको पनि हुन सक्छ’ स्थानीयले भने ।

शनिबार प्रहरीसंगै स्थानीय पनि घट्ना स्थल पुगेका छन् । एक साता अघि शव ल्याएर त्यहाँ राखिएको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले वन क्षेत्रमा शव भेटिएको र त्यसको पहिचान हुन नसकेको बताए ।

‘त्यहाँ शव भेटिएको छ, कसेको हो भन्ने खुलेको छैन, मारेको हो कि आफैं मरेको हो भनेर खोज्दैछौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...