

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वडा सभापति पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् । रास्वपाको भीमदत्त नगरपालिका ९ का वडा सभापति दिपेन्द्र विष्ट नेकपा प्रवेश गरेका हुन् ।

पार्टी छाडेपछि विष्ट नेकपा उम्मेदवार मान बहादुर सुनार सहित नेताहरुसित देखिएका छन् । नेकपाबाट कञ्चनपुर ३ मा मान बहादुर सुनार चुनावी मैदानमा छन् ।

नेकपा नेता राम नाथले विष्ट पार्टी प्रवेश गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
रास्वपाबाट कञ्चनपुर ३ मा ज्ञानेन्द्र सिह महता उम्मेदवार छन् । उम्मेदवार महता केही दिन अघि प्रचारप्रसारका लागि ब्रह्मदेब पुगेका थिए ।

