ghar sansar

गाविस, प्रदेश हुँदै प्रतिनिधि सभा जान मतदाताको घरदैलोमा पुग्दै मान बहादुर

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट चुनावी मैदानमा छन् । सुनार चार दशकदेखि राजनीतिमा सक्रिय उनी २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएर राज्य मन्त्री भएका हुन् ।

दोधारा चाँदनीका सु्नारले स्थानीय र प्रदेश सरकारको अनुभव लिइ सकेका छन् । फागुन २१ को निर्वाचनबाट संघीय साँसद हुने लक्ष्य राखेर अहिले उनी मदाता भेटघाटमा व्यस्त छन् ।

,orning glory badhai

व्यवासयिक पृष्ठभूमिका सुनार कञ्चनपुर ३ मा बलिया उम्मेदवारका रुपमा हेरिएका छन् । उनी तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । २०७४ को सूर्य चिन्हको मतदाताको सहयोगमा जितेका उनी यस पटक सूर्य चिन्हका एमाले उम्मेदवारसंग प्रतिस्पर्धामा छन् ।

२०७४ मा गठबन्धनमा चुनाव जितेका एमालेका डा. दिपक प्रकाश भट्ट र नेकपा ( तत्कालिन माओवादी केन्द) का नेता सुनार चुनावी मैदानमा छन् । सात वर्ष अघि एक अर्कालाई मत मागेका उनीहरु अहिले आफैं संघीय साँसद जित्ने दाउ बनाएर प्रचारमा छन् । सुनारसंगै प्रदेश साँसद भएका प्रकाश रावल अहिले सुनारको चुनावी कमाण्डर बनेका छन् ।

dirghayi clinic

२०४९ मा तत्कालीन दोधारा गाउँ विकास समितिको अध्यक्ष भएका उनी २०५१ मा काँग्रेसमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार भएर मध्यावधि चुनाव लडेका थिए । त्यसपछि माओवादी केन्द्र प्रवेश गरी उनी अहिले प्रतिनिधि सभा सदस्यका लागि चु्नावी मैदानमा होमिएका छन् ।

पञ्चायतकालमै स्थानीय सरकारको नेतृत्व सम्हालेका सुनारले त्यतिबेला गरेको दिगो विकास निर्माण र जनताका समस्या समाधानमा आफूले निर्वाह गरेको भूमिकाले आफू जनताको मूल्याङ्कन पर्ने बताउँछन् ।

दोधारा चाँदनीका स्थानीय कमल खत्रीले महाकाली नदी पारिका गाउँ बस्तीको विकासमा सुनारको भूमिका महत्वपूर्ण भएको बताए । दोधारा चाँदनी क्षेत्रबाट पञ्चायतकालपछि पहिलो पटक सुनार चुनाव लड्न लागेका छन् ।

सुनार व्यवसायसंगै राजनीतिक र समाज सेवामा सक्रिय छन् । १८ वर्षअघि उनले उच्च शिक्षाका लागि उनले क्याम्पस बनाउन सात कट्ठा जमिन दान गरेका थिए। २०६४ सालमा स्थापना भएको भानु बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष भएका उनले सरल र भद्र नेताका रुपमा चिनिन्छन् ।

नेकपा नेता माया नेगीले कञ्चनपुर ३ मा सुनारलाई जिताउन समिति, उप समिति र सम्पर्क कार्यालय खोलेर प्रचार तीब्र बनाएको बताइन् । 

Himal dental
सम्बन्धित
Loading...