ghar sansar

बेदकोटमा आफ्नो जलेको घर हेरेर फर्किए लेखक

little buddha academy
khasi

महेन्द्रनगर । तत्कालिन गृहमन्त्री रमेश लेखक भदौ २० गते निर्माण व्यवसायी संघ कञ्चनपुरको अधिवेशन उद्घाटनका लागि गृह नगर आएका थिए । दुई दिन निर्वाचन क्षेत्रमा बिताएर भदौ २२ गते काठमार्डौ फर्किएका उनले अर्को दिन गृहमन्त्रीबाट राजिनामा दिए ।

लेखक काठमार्डौ फर्केको दोस्रो जेन जी आन्दोलन चर्कियो । आन्दोलनमा प्रदर्शनकारीको ज्यान गएपछि लेखकले नैतिकताका आधारमा राजीनामा दिए । राजीनामा दिए पनि उनी भदौ २४ गते आन्दोलनकारीको निशानामा परे । आन्दोलनकारीले लेखकको निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे ।

,orning glory badhai

लेखकको महेन्द्रनगर र बेदकोट नगरपालिका ८ स्थित दुबै घरमा आगजनी गरियो । जिल्ला प्रशासन कार्यालयमा टायर बालेपछि प्रहरीले अश्रग्याँस प्रहार गरी भगाएको समूहले लेखकको घर पुगेर आगजनी गरेको थियो । लेखकको घरबाट सुरु आगजनी र तोडफोट राजनीतिक दलका पार्टी कार्यालय, नेताका घर हुँदै सरकारी कार्यालयसम्म पुगेको थियो ।

जेन जी आन्दोलनपछि गठित सरकारले लेखकलाई उपत्यकार बाहिर जान रोक लगाएपछि उनी एक साता अघि गृह नगर आएका हुन् । धनगढी विमानस्थलमा उनलाई नेता, कार्यकर्ता र समर्थकको ठूलो समूहले स्वागत गरेको थियो ।

dirghayi clinic

गृह नगर आएर केही दिन महेन्द्रनगरस्थित घरमा बसेर चुनाव सम्बन्धि छलफल गरेका उनी आइतबारदेखि घर बाहिर निस्कन थालेका हुन् । आइतबार उनी काँग्रेस भीमदत्त नगर समितिको बैठकमा सहभागी भएका छन् ।

बैठकमा आमन्त्रण नगरिएकी केन्द्रीय सदस्य सन्तोसी साउँदले जबरजस्ती भाषण बैठक खल्लो बन्न पुगेको थियो ।
गृह नगर फर्किएको एक सातापछि सोमबारको साइत जुराएर उनी आगजनी गरिएको बेदकोटस्थित घर पुगेका छन् । यही घरमा जन्मिएका लेखक पत्रकारिता, वकालत गर्दै राजनीतिमा सक्रिय भएका हुन् ।

कञ्चनपुर ३ बाट २०५६ मा पहिलो पटक निर्वाचित भएपछि उनी काँग्रेसका केन्द्रीय सदस्य भइ सकेका छन् । यस पटक पनि उनलाई कञ्चनपुर ३ बाट सिफारिश गरिएको थियो ।

काँग्रेसमा विशेष महाधिवेशनपछि लेखकलाई टिकट नदिई पूर्व सभापति हरि बोहरालाई उम्मेदवार बनाइएको छ । बोहरा विशेष महाधिवेशनमा सहभागी भएका थिए ।

बेदकोट ८ स्थित जलेको घर हेरेपछि लेखकले स्थानीयसित कुराकानी गरे । स्थानीयले लेखकलाई वडाको विकास निर्माण, समस्या लगायतबारे जानकारी गराए । लेखकसंग काँग्रेस नेता कार्यकर्ता जलेको घर हेर्न पुगेका छन् ।

जेन जी आन्दोलनपछि गृहमन्त्री छाड्न परेका लेखक आमाको निधन भएपछि हिन्दू संस्कार अनुसार उनी सेतो पहिरनमा छन् ।

आमाको निधनले शोकमा भएका लेखक उम्मेदवार नभएपछि उम्मेदवारी दर्ताका दिन दोधारा चाँदनीमा काँग्रेस सभापति गगन थापाको पुत्ला जलाइएको थियो ।  

Himal dental
सम्बन्धित
Loading...