
केपी ओली हटाएर सुशिला कार्की प्रधानमन्त्री बनाउने जेन जीको लक्ष्य होइन – नेकपा माओवादी उम्मेदवार उपाध्यय

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी( माओवादी) का कञ्चनपुर ३ का उम्मेदवार विष्णु प्रकाश उपाध्ययले केपी शर्मा ओली सट्टा सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने जेन जी आन्दोलनको लक्ष्य नभएको बताएका छन् ।

नेकपा माओवादीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जेन जी आन्दोलनको मर्म, भावना र लक्ष्य विपरित कार्की सरकार गठन गरिएकाले अहिले पनि आफूहरु सर्वपक्षीय सरकार गठनको पक्षमा भएको उल्लेख गरे ।

‘केपी ओली नेतृत्वको सरकार हटाएर अर्को सुशिला कार्कीको नेतृत्वमा सरकार बनाउने भन्ने जेन जी आन्दोलनको माग र लक्ष्य होइन, यो कुनै शक्तिका कारण भएको हो; उनले भने,‘७३ वर्षका केपी ओलीलाई हटाएर ७४ वर्षका केपी ओलीलाई ल्याएर देशको माग, जेन जीको माग पूरा हुँदैन ।’
सुशसान, भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र शासकीय संरचना परिवर्तन आन्दोलनको माग भएको उनले बताए ।
