ghar sansar

कञ्चनपुर ३ को चुनावी मैदानमा छन् विप्लवका विष्णु, भन्छन्– विकास, साँसद र समृद्धि कस्तो हुन्छ भनेर देखाउँछु

khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी ) बाट कञ्चनपुर ३ मा जिल्ला इन्चार्ज बिष्णु प्रकाश उपाध्यय चुनावी प्रतिस्पर्धामा छन् । उपाध्यय पहिलो पटक संसदीय चुनावी प्रतिस्पर्धामा आएका हुन् । विद्यार्थी जीवनमा उनी चुनाव लडेर स्ववियु कोषाध्यक्ष भई सकेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उनी तत्कालिन अखिल क्रान्तिकारीबाट चुनाव लडेका थिए ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा उपाध्यक्ष तत्कालिन नेकपा माओवादी केन्द्र जिताउन लागेका थिए ।

Anant bahu travels

२०७० को दोस्रो संविधान निर्वाचन अघि माओवादी विभाजन भएपछि उपाध्यय मोहन वैद्यसंगै गएर संसदीय व्यवस्था विरुद्ध राजनीतिमा लगेका हुन् । नेत्र बिक्रम चन्दले वैद्यको साथ छाडेपछि उनी नेकपा माओवादीमा सक्रिय भएर जिल्ला इन्चार्ज भएका हुन् ।

मोहन वैद्यसंग गएपछि उपाध्ययले २०७०, २०७४ र २०७९ को निर्वाचन बहिस्कार गरे । तीन निर्वाचन बहिस्कार गरेका उनी अहिले गुलाब चुनाव चिन्ह लिएर कञ्चनपुर ३ मा चुनावी मैदानमा आएका हुन् ।

‘मैले यस अघि चुनाव बहिस्कार गरे, यस पटक गुलाबको फूल चुनाव चिन्ह लिएर आएको छ, हाम्रो पार्टी नयाँ हो, हामीसित नयाँ बिचार छ, नीति छ , कार्यक्रम छ’ उनले भने,‘तमाम श्रमजीवि वर्गले हामीलाई माया गर्छन्, अहिले गुलाबको फूल चिन्ह भएर घर दैलोमा जाँदा तपाईले त बन्दुक चुनाव चिन्ह लिएर आउनु पथ्र्यो, भन्दैछन्’ मंगलबार पत्रकारहरुसित गरिएको भेटघाट कार्यक्रममा उनले भने ।

कार्यक्रममा उपाध्ययले माओवादी पार्टीको विचार, आफ्नो राजनीतिक जीवन, राजनीति गर्दा भोगेका दुःख कष्ट, सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्था र आफ्ना चुनावी वाचा जानकारी गराए ।

उपाध्ययले मन्तव्य राख्दै पार्टीको चुनाव चिन्ह गुलाबको फूलसित फूल मात्रै काँडा समेत भएको उल्लेख गर्दै आफू समाजका निमुखा, गरीब, पीडित र श्रमजीवि वासिन्दाका लागि सधैं लडि रहने उल्लेख गरे ।

dirghayi clinic

साँसद भएपछि आपूmले विकास, संसद, समृद्धिको नमूना देखाउने उल्लेख गर्दै निर्वाचनमा मतदाताले आफूलाई माया गर्ने बताए ।

देश असफलतातिर जान लागेपछि विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी नभएर मोर्चाका रुपमा संसदीय व्यवस्थाभित्र छिर्न खोजेको उनले बताए ।

‘संसदीय व्यवस्थामा मानेर गएका होइन, देश असफलतातिर जान थालेपछि हामी मोर्चाको रुपमा यो चुनावबाट संसदीय विकृति र विसगति सुधार गर्ने लक्ष्य लिएर जान खोजेका छौ’ उनले भने ।

विप्लव नेतृत्वको माओवादी जनयुद्ध लडेको सक्कली माओवादी भएको उल्लेख गर्दै उनले अहिले एकीकृत जनवादी क्रान्तिको नीति र कार्य दिशा लिएर समाजवादी व्यवस्था स्थापना गर्न चाहेको बताए ।

पार्टीले रगत मात्रै बगाएर नहुने ठानेर अहिले एकीकृत क्रान्तिको नीति लिएर सबै नेता कार्यकर्तालाई उत्पादनसित जोड्ने कार्य भएको उपाध्ययले बताए ।

‘रगत बगाएर मात्रै हुँदैन, त्यस कारण हामी एकीकृत क्रान्ति नीति लिएर उत्पादनसंगै जोडिएर राष्ट्र र राष्ट्रियता बलियो बनाउन चाहन्छौ’ उनले भने ।

पत्रकारसित भेटघाट कार्यक्रममा उनले आफूले १२ धुर जमिनमा धान खेती गरी ४० हजार आर्जन गरेको बताए । आफूले राजनीतिसंगै उत्पादनका कामलाई समेत अघि बढाएको उल्लेख गर्दै भने, ‘मेरा टमाटरका बोट सुकि रहेका छन्, हामी सबैले उत्पादनमा ध्यान दिनु पर्छ ।’

देशभरका श्रम जीवि वर्ग एक ठाउँमा हुनु पर्नेमा उपाध्ययले जोड दिए ।

साँसद भएर राष्ट्रघात गर्न नदिने र जनताको पीडा सुन्ने र समस्या समाधानका लागि छलफल गर्ने थलो बनाउन आफूले भूमिका निर्वाह गर्ने उपाध्ययले बताए ।

Himal dental
सम्बन्धित
Loading...