ghar sansar

कञ्चनपुर ३ का एमाले उम्मेदवारले डा. भट्टले बनाए आक्रामक चुनावी अभियान

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टले चुनावी प्रचार अभियान आक्रामक बनाएका छन् । उम्मेदवार भट्टले निर्वाचन क्षेत्रका सबै वडामा व्यक्तिगत भेटघाट, पार्टी कार्यक्रम र सामाजिक सञ्जाल लगायतका माध्यमबाट चुनावी प्रचार थालेका हुन् ।

उम्मेदवारी दर्तापछि मतदातासित व्यक्तिगत भेटघाट थालेका उनी अहिले भीमदत्त नगरपालिका र दोधारा चाँदनी दुबै क्षेत्रको चुनावी प्रचारमा सक्रिय छन् ।

एमालेको चुनावी प्रचार कार्यक्रम अनुसार निर्वाचन क्षेत्रका वडामा निर्वाचन सम्पर्क कार्यालय खोल्न थालिएको छ । बेदकोट नगरपालिका ८ बाट सुरु निर्वाचन सम्पर्क कार्यालय खोल्ने कार्य दोधारा चाँदनीसम्म पुगेको छ ।

भीमदत्त नगरपालिकाको अधिकाँश वडामा निर्वाचन सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधि अघि बढाइएका छन् । सबै वडाका निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार भट्टले सम्बोधन गरी जन अपेक्षा र जनताको साथले आफूले क्षेत्र नं. ३ को विकासमा सक्रिय भएर लाग्ने प्रतिवद्धता गरेका छन् ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख वडा स्तरमा चुनावी प्रचारका कार्यक्रमका लागि निर्वाचन सम्पर्क कार्यालय खोल्न थालिएको बताए ।

वडासम्म सम्पर्क कार्यालय खोलेर चुनावी प्रचारमा होमिएको एमालेले मिडिया र सामाजिक सञ्जालबाट प्रचारलाई आक्रामक बनाएको छ ।

प्रचार विभाग प्रमुख अवस्थीले पार्टीको चुनावी नीति अनुसार सबै क्षेत्रमा आक्रामक चुनाव प्रचार थालिएको बताए ।

dirghayi clinic

‘हामी हाम्रा उम्मेदवारलाई यस निर्वाचनमा जिताउने गरी एक ढिक्का भएर सबै क्षेत्रमा प्रभावकारी चुनाव प्रचार गरि अघि बढेका छौ’ प्रचार विभाग प्रमुख अवस्थीले भने ।

एमालेका केन्द्र, प्रदेश, पालिका सहित सबै कमिटीका नेता कार्यकर्ता चुनाव प्रचारमा खटिएका छन् ।

कञ्चनपुर ३ मा भीमदत्त नगरपालिकामा विष्णु कँडेल र दोधारा चाँदनीमा गगन खत्री निर्वाचन परिचालनको जिम्मा लिएर प्रचारमा जुटेका छन् ।

वडा निर्वाचन सम्पर्क कार्यालयपछि एमाले टोलमा पुगेर प्रचार समिति बनाउने भएको छ । त्यसका लागि मातहतका कमिटीले टोल भेला लगायत कार्यक्रम थालि सकेका छन् ।

उम्मेदवार भट्टले केही दिन अघि पत्रकार भेटघाट गरी आफ्ना चुनावी वाचा सार्वजनिक गरि सकेका छन् । उनी २०७४ मा एमालेबाट कञ्चनपुर ३ को साँसद निर्वाचित भएका थिए ।

पूर्व गृहमन्त्री रमेश लेखकलाई हराएर निर्वाचित भएपछि भट्टले कञ्चनपुर ३ मा बलियो नेता बनेका हुन् ।

उनी बौद्धिक, स्पष्ट विचार र इमान्दार नेताको रुपमा परिचित छन् । उम्मेदवार भट्टले विभिन्न क्षेत्रका व्यक्तित्वसित अन्र्तक्रिया गरी सुझाव लिन पनि थालि सकेका छन् ।

अघिल्लो कार्यकालमा अधुरा योजनालाई अघि बढाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कानुन निर्माणमा भूमिका निर्वाह गर्ने, रोजगारी, उत्पादन र विकास निर्माणका योजना अघि सार्ने वाचा भट्टले गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...