ghar sansar

बेथिति विरुद्ध बेलौरीका बोहरा आमरण अनशनमा

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरीमा भ्रष्टाचार विरुद्ध विभिन्न १३ बुँदे मागहरु राख्दै जेनजी समूहका युवाले आमरण अनशन सुरु गरेका छन् । जेनजी समूहका केशवकुमार बोहराले मंगलबार दिउँसोदेखि स्थानीय तहमा मौलाएको भ्रष्टाचार, बेथिति र कुशासन विरुद्ध आमरण अनशन सुरु गरेका छन् ।

सूचनाको हक बमोजिम बेलौरी नगरपालिकालाई विभिन्न विषयमा अनुदान, योजना, बजेट र ठेक्कासम्बन्धी सूचना माग गरिए पनि बेवास्ता गरिदा बाध्य भएर आमरण अनशन बस्नुपरेको बोहराले बताए ।

,orning glory badhai
dirghayi clinic

अनसनरत बोहराले शिक्षा क्षेत्रमा बजेट, दिवा खाजा, नियुक्ति र व्यवस्थापनमा भएको भ्रष्टाचार, अनियमित्ता छानबिन गरी पारदर्शी शिक्षा प्रणाली लागू गर्न, नगर अस्पताल तथा स्वास्थ्य चौकीमा औषधी, जनशक्ति र सेवामा भएको बेथिति अन्त्यगरी निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।

त्यसैगरी, खानेपानी आयोजनामा भएको अनियमित्ता र भ्रष्टाचारको छानबिन गरी नगरपभित्रका सबै घरधुरीको सुरक्षित खानेपानीको व्यवस्था गरिनुपर्ने, कृषकलाई उपलब्ध गराइनु पर्ने अनुदान भएको दुरुपयोग रोक्दै वास्तविक किसानलाई मात्रै सेवा उपलब्ध गराइनुपर्ने, खेलकुदका क्षेत्रमा सुधार गरिनुपर्ने, बजारमा हुने कालोबजारी अन्त्यगरी प्रभावकारी बजार अनुगमन सञ्चालन गरिनुपर्ने माग राखेका छन् ।

यसका साथै १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न रोक लगाइनुपर्ने, सूचनाको हनन् गर्ने पदाधिकारी तथा कर्मचारीमाथि कारबाही गरिनुपर्ने, बेलौरी नगरपालिकामा अवैध तरिकारले नियुक्ति गरिएका अस्थायी कर्मचारीको नियुक्ति बदर गरिनुपर्ने, अलपत्र परेका सडक यथा शिघ्र मर्मत गरिनुपर्ने, ढल निकासको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने तथा युवालाई रोजगारी, उद्यमशील र आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिनुपर्ने लगायतका मागहरू राख्दै जेनजी समूहका युवा बोहरा दुई दिनदेखि बेलौरी बजारस्थित भीमदत्त चोकमा अनशन बसेका छन् । उनले ती माग सम्बोधन नभएसम्म शान्तिपूर्ण रूपमा अनिश्चितकालिन अनशनमा बस्न चेतावनी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...