

महेन्द्रनगर । कञ्चनपुर ३ मा उज्यालो नेपाल पार्टीको चुनाव प्रचार अभियानमा एक सय बढीले पार्टी प्रवेश गरेका छन् । चुनाव प्रचारको दुई दिनमा मात्रै १ सय २७ जनाले उनेपा प्रवेश गरेको कञ्चनपुर ३ का उम्मेदवार भीम बहादुर कुमालले बताए ।
भीमदत्त नगरपालिका १२ मा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश नेपाली उज्यालो नेपाल प्रवेश गरेका छन् । चुनावी प्रचारका क्रममा नेपालीलाई उज्यालो नेपालले पार्टीमा स्वागत गरेको छ ।


नेपाली २०७९ मा राप्रपाबाट वडा सदस्यमा चुनाव लडेका थिए । कञ्चनपुर ३ मा उज्यालो नेपाल पार्टीबाट भीम बहादुर कुमाल उम्मेदवार छन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार कुमालले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रको मतदाता भेटघाट कार्यक्रमबाट आफू उत्साहित भएको बताए ।
‘पार्टी प्रवेश गर्नेको संख्या बढी रहेको छ, हामी निकै उत्साहित छौ, जनताको समर्थन पाएका छौ’ उनले भने ।
निर्वाचन क्षेत्रका सबै ३० वडामा चुनावी भेटघाट र छलफल तीव्र पारिएको कुमालले जानकारी दिए ।

