ghar sansar

मत माग्दै मतदाताको घरदैलोमा महता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र सिह महता चुनावी मैदानमा छन् । एफएम रेडियो सञ्चालक महता पहिलो पटक संघीय संसदको लागि चुनावी प्रतिस्पर्धामा आएका हुन् । साँसद भएर नागरिकका जनजीविका विषयलाई संस्थागत रुपमा संसदमा पुगाउन चुनाव लडेको उनी बताउँछन् ।

४० बर्षिय महताका प्रतिस्पर्धी एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्ट, काँग्रेसका पूर्व जिल्ला सभापति हरि बोहरा, नेकपाका मान बहादुर सुनार, राप्रपाका पूर्ण बहादुर चन्द लगायत प्रतिस्पर्धी छन् ।

,orning glory badhai

अहिले उनी मतदाताका समस्या, गुनासा सुन्न घरदैलोमा व्यस्त छन् । रास्वपाको विज्ञान, संचार तथा सूचना प्रविधी विभाग केन्द्रीय सचिव भएका उनी रास्वपाको संस्थापक सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

रास्वपाले महतालाई कञ्चनपुर ३ बाट एकल सिफारिश गरेको थियो । कञ्चनपुर ३ मा भीमदत्त, दोधारा चाँदनी र बेदकोट नगरपालिकाका ३० वडा छन् । २०७९ सम्म स्थानीय, प्रदेश र संघमा काँग्रेस एमालेको वर्चश्व छ । त्यस अघि पनि दुई दलको वर्चश्व थियो ।

२०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन क्षेत्र २ मा काँग्रेस एमालेले एक÷एक पालिका जितेका छन् । काँग्रेसले भीमदत्त र एमालेले दोधारा चाँदनी जितेको छ । २०७४ मा यो ठिक उल्टो थियो । त्यस बाहेक काँग्रेसले १४ वडा, एमाले ९ वडा र स्वतन्त्र १, राप्रपा २ र नेकपाले ४ वडा जितेको थियो ।

कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्ट २०७४ मा तत्कालिन माओवादीसंग चुनावी गठबन्धनले जितेका र तत्कालिन जनमुक्ति सेना नेपाली सेना समायोजन समितिका सदस्यको जिम्मेबारी निर्वाह गरिसकेका नेता हुन् । नेकपाका उम्मेदवार सुनार साविक दोधारा गाविका अध्यक्ष हुँदै २०७४ मा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य जितेर राज्य मन्त्री भएका हुन् ।

dirghayi clinic

राप्रपाका उम्मेदवार पूर्ण बहादुर चन्द ०६६÷०६७ सालतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आयोगका अध्यक्षको जिम्मेबारी सम्हालिसकेका नेता हुन ।

२०७९ मा भएको स्थानीय तह निर्वाचनमा दोधारा चाँदनीको मेयर र ३(ख)बाट प्रदेश सभा सदस्यमा उठेका थिए । पहिलो पटक चुनावमा होमिएका नेकपा (माओवादी)का पुर्व विद्यार्थी नेता विष्णूप्रकास उपाध्याय(बिराट)पनि चुनावी मैदानमा छन् ।

२०६४मा भएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियुमा सिद्धनाथ बहुमुखी क्याम्पसको कोषाध्यक्षमा निर्वाचित उपाध्याय पनि पहिलो पटक ससदीय यात्राका लागि चुनावी मैदानमा होमिएका छन ।

कञ्चनपुर ३ मा हालसम्म काँग्रेस, एमाले र माओवादी केन्द्रले जित निकालेका छन् । २०४३ मा राष्ट्रिय पञ्चायत चुनावमा दोधारा चाँदनीका ईन्द्र बहादुर खत्री निर्वाचित भएका थिए । खत्री हाल राप्रपामा छन् । २०४८ पछि राप्रपाले चुनाव जितेको छैन ।

२०४८ मा काँग्रेसका तारणीदत्त चटौत, २०५१ मा एमालेका उर्वादत्त पन्त, २०५६ मा काँग्रेसका रमेश लेखक, २०६४ मा काँग्रेसका शेर बहादुर देउवा, २०६५ को उप निर्वाचनमा माओवादीका कमल क्षेत्रीय, २०७९ मा काँग्रेसका लेखक, २०७४ मा एमालेका डा. दीपक प्रकाश भट्ट र २०७९ मा फेरि काँग्रेसका लेखक निर्वाचित भएका थिए ।

अहिले लेखक चुनावी मैदान बाहिर छन् । काँग्रेस विशेष महाधिवेशनपछि टिकट नदिएपछि उनी चुनाव लड्न नपाएका हुन् ।

कञ्चनपुर ३ मा १ लाख ३ हजार ८७ मतदाता छन् । ती मतदाताको मत तान्न सबै दलका उम्मेदवार जनताको घरदैलोमा पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...