

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीस्थित नेपाल पत्रकार महासंघ कञ्चपुरको कार्यालयमा तोडफोड गरी चोरी गरिएको छ ।
महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयका बुधबार दिउँसो १ः०० देखि ३ः०० बजे बिचनमा कार्यालयका ढोकाहरु तोडफोड गरी कार्यालयका समान चोरी भउका छन् ।


सचिव पाण्डेयले महासंघ कार्यालयमा दिउँसै चोरी हुने चिन्ता विषय भएको विज्ञप्ति मार्फत बताएका छन् ।
‘आम जनताहरुलाई सुसुचित गर्ने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ शाखा कंचनपुरको कार्यालयमा दिउँसै तोडफोड र चोरीको प्रयास गरिनु चिन्ताको बिषय रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
महासंघ कञ्चनपुरले कार्यालयका ढोका तोडफोड गरी चोरी कार्यमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसित माग गरेको छ ।
यस अघि पनि कार्यालयबाट कम्प्युटरहरु चोरी भएको थिए।
