

महेन्द्रनगर । एमाले कञ्चनपुरले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि दोधारा चाँदनी नगरपालिकामा सम्पर्क कार्यालय खोलेको छ ।
दोधारा चाँदनी नगरपालिका– ५ रानी प्लेस नजिक नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सम्पर्क कार्यालय स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्वाचना परिचालन समितिका दोधारा चाँदनीका नगर संयोजक गगन खत्रीले बताए ।


पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै एमालले प्रचार प्रसार गर्ने योजना अनुरुप कार्य अघि बढाईएको नेकपा एमाले निर्वाचना परिचालन समिति दोधारा चाँदनीका नगर संयोजक गगन खत्रीले बताए ।

सम्पर्क कार्यालयको नेपाल कम्युनिस्ट पार्टी (एमाले) तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मदेवार दिपक प्रकाश भट्टले उद्घाटन गरेका छन् । उनले मुलुकको स्थिरता, शान्ति, विकास र स्थायित्वका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताए ।
परिवर्तनको नेतृत्व गरेको नेकपा एमालले उन्नति प्रगति र समुन्नतिको पनि नेतृत्व गर्ने उनले बताए । उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पदाधिकारी, नगर कमिटि पदाधिकारी, नेता तथा कार्यकर्ता, समर्थक सहभागी भएका छन् ।
