ghar sansar

कञ्चनपुर १ मा काँग्रेस उम्मेदवार उपाध्ययको चुनाव प्रचारप्रसारका लागि जिम्मेवारी बाँडफाँट

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ ले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपी प्रसाद उपाध्ययको चुनावी प्रचारप्रसारको जिम्मेवारी बाँडफाँट गरेको छ । काँग्रेस क्षेत्रीय कार्य बाहक सभापति चेतन कुमार राइको नेतृत्वमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।

dirghayi clinic

काँग्रेस क्षेत्रीय समितिका अनुसार बेलौरी नगरपालिकामा पेपुराम चौधरी, बेलडाँडी गाउँपालिकामा गज बहादुर विष्ट , पुर्नवास नगरपालिका खगेन्द्र ओझा र लालझाडी गाउँपालिकामा लक्ष्मण रानालाई चुनाव प्रचारप्रसारको जिम्मेवारी दिइएको छ ।

Anant bahu travels

यसैबीच बिहीबार बेल्डाँडीमा काँग्रेसले चु्नाव सम्पर्क कार्यालय खोलेको छ । कञ्चनपुर १ का काँग्रेस उम्मेदवार गोपी प्रसाद उपाध्यय सहित नेताहरुको उपस्थितिमा कार्यालय खोलिइको छ ।

काँग्रेस क्षेत्रीय कार्य बाहक सभापति चेतन कुमार राईले प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपाध्ययको चुनावी प्रचार कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...