

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ का पूर्व वडा सदस्य रमा पाल एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेकी छन् ।
भीमदत्त नगरपालिका ९ ब्रह्मदेबकी पाल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट भीमदत्त नगरपालिका ९ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।



नेकपा कञ्चनपुर ३ को निर्वाचन प्रसारप्रसार वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पाल सहित नेताहरु प्रवेश गरेका छन् ।
नेकपा उम्मेदवार मान बहादुर सुनारले उनीहरु सबैलाई टिका लगाएर पार्टी प्रवेश गरे ।
