
स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व बोकेको पार्टी भएको भन्दै दोधारा चाँदनीमा रास्वपा आवद्ध युवा एमाले प्रवेश

महेन्द्रनगर । दोधारा–चाँदनी नगरपालिका ४ मा राष्ट्रिय राजनीतिमा स्थायित्व, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व बोकेको पार्टी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध युवा एमाले प्रवेश गरेका छन् ।
एमाले कञ्चनपुर ३ का उम्मेदवार डा. दीपक प्रकाश भट्टको चुनाव प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।


एमाले दोधारा चाँदनी नगर कमिटीका अनुसार विकास थापा, शिव खड्का, राम थापा, नवराज रावत, सोनु भाट, रमेश साही, अनुप पुन मगर, अंशु मगर, दीपक भाट, दिनेश भाट, समीर खड्का, आदर्श भण्डारी, आर्यन थापा, विवेक ओली, नितेश गुरुङ, दिपु भाट, किसन चन्द, नैनसिंह बोहरा, शिवम थापा, कबिर ठाकुरी, अरुण ठकुरी, सन्दीप बुढा लगायत छन् ।
पार्टी प्रवेश कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार डा. दीपक प्रकाश भट्टले नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै पार्टीमा आवद्ध गराए ।
सो अवसरमा उनले युवाहरू नै परिवर्तनका संवाहक भएको उल्लेख गर्दै देश निर्माणको अभियानमा एमालेप्रति युवाको आकर्षण बढ्नु सकारात्मक संकेत भएको बताए ।
डा. भट्टले लोकतन्त्र, सुशासन र समृद्ध नेपाल निर्माणका लागि युवाको सक्रिय र सशक्त भूमिका आवश्यक रहेको उल्लेख गर्दै पार्टीले युवाको क्षमता, योगदान र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
