ghar sansar

मर्निङ्ग ग्लोरीका विद्यार्थीले प्रदर्शनीमा देखाए प्रतिभा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐेंठपुरकी प्रवेशिका जोशी मर्निङ्ग ग्लोरी सेकेन्ड्री स्कुलमा कक्षा ९ मा पढ्छिन् । भविष्यमा नर्स बनेर सेवा गर्ने लक्ष्य लिएकी छन् ।

विद्यालयको विज्ञान प्रदर्शनीमा जोशी सहित उनका साथीहरुले रकेटको नमूना बनाएर प्रदर्शन गरे । कक्षा ९ का अञ्जली लामा, भूमिका चिमाडी, अनुश्रीया शाही र सबनम अन्सारीले संयुक्त रुपमा रकेट बनाए ।

Anant bahu travels

नेपाल एकेडेमी साइन्स एण्ड टेक्नोलोजी(नास्ट) को प्रयोगशालामा बनाएको भनेर लेखिएको रकेटको नाम द कमिक एक्सप्लोर राखियो ।

‘ अहिले बिज्ञान प्रबिधिको युग हो, हामीले पनि अब समय अनुसार अघि बढ्नु पर्छ, त्यही भएर यो रकटको नमूना बनाएका हौ’ उनले भनिन्, ‘यो रकेट चन्द्रमा गएर तस्बिर खिचेर ल्याउँछ, नेपालले लञ्ज गर्दैछ ।’

विद्यालयका कक्षा ५ का सिद्धार्थ गौतम, समृद्ध बोहरा, कपिल बोहरा र शिवम पन्तले कार्बन शुद्धिकरण गर्ने नमूना बनाएर प्रदर्शन गरे । उनीहरुले सामूहिक रुपमा त्यसको नमूना बनाएका हुन् ।

कक्षा ८ का विवेक भट्ट सहित साथीहरुले कार बनाएर प्रदर्शनीमा देखाए । ‘यो कार अब नेपालमै बनाउनु पर्छ, बाहिरबाट ल्याउनु हुँदैन’ भट्टले भने ।

मर्निङ्ग ग्लोरीले विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा अभिरुची जगाउन र सैद्धान्तिक विषयलाई प्रयोगात्मक रुपमा व्यवहारमा देखाउन विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना गरेको हो ।

dirghayi clinic

प्रर्दशनीमा विद्यालयका कक्षा २ देखि १० सम्मका विद्यार्थीले भाग लिए । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान तथा प्रदर्शनीसंग सम्बन्धित नमूना बनाएर राखे । सबै कक्षाका विद्यार्थीहरुले सामूहिक रुपमा प्रदर्शनीका लागि नमूना बनाएका हुन् ।

विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा गरी व्यवहारिक बनाउन प्रदर्शनी गरिएको बताए ।

‘कक्षा कोठामा विज्ञान तथा प्रविधिका विषयमा विद्यार्थीहरुले जे कुरा सिक्छन्, त्यसलालाई प्रयोगात्मक रुपमा गर्दा व्यवहारिक बन्छ, अनि यसबाट विद्यार्थीको अन्र्तनिहित क्षमता पनि बाहिर आउँछ’ उनले भने ।

विद्यालयमा पहिलो पटक विज्ञान प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा ३० स्टल राखिएका छन् । अभिभावकहरुले प्रदर्शनी स्थलमा आएर आफ्ना बालबालिकाले बनाएका नमूना अवलोकन गरे ।

अभिभावक जय सिह कुँबरले प्रदर्शनीबाट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान आर्जन गर्न सजिलो हुने बताए ।

विद्यालयका विज्ञान विषयका शिक्षकहरुले नमूना बनाउन सहयोग गरे । प्रदर्शनी स्थलमा शिक्षकहरुले विद्यार्थीहरुले उत्साह पूर्वक प्रदर्शनीमा सहभागी भएको बताए ।

विद्यालयका शैक्षिक परामर्शदाता पृथ्वीराज भट्टले प्रदर्शनीबाट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान हासिल हुने बताए ।

भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म पढाई हुन्छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पठनपाठन हुने गरेको छ ।

विद्यालयका प्रिन्सिपल शर्माले आगामी दिनमा प्रदर्शनीलाई निरन्तरता दिइने र केही दिनभित्रै खाद्य प्रदर्शनी गरिने जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...