ghar sansar

मतदाताको घरदैलोमा पुगेर मत माग्दै नेकपाकी मगर

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार विना मगरले चुनावी घरदैलोमा व्यस्त छिन् । आइतबार उनी चुनावी घरदैलोका लाथि लालझाडी गाँउपालिका ६ चानदेव पुगेकी छन् ।

मगर यस अघि २०७९ को नेकपा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएकी थिइन् । यस पटक उनी माओवादी केन्द्र सहितका दल मिलेर बनेको नेकपाबाट उम्मेदवार भएकी हुन् ।

Anant bahu travels

नेकपाका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले जनताको घरदैलोमा पुग्नका लागि घरदैलो सुरु गरिएको बताए ।

‘जनताकै घरदैलोमा प्रत्यक्ष पुगेर मत माग्दै देशको सुशासन जनताको हकहितका लागि नेकपामा मतदानका लागि अपिल गरिरहेको छौ’ उनले भने, ‘जनताका गुनासो, समस्या र अपेक्षा सुन्दैछौँ, सोही अनुरुप पछि पाटीका तर्फबाट योजनाका साथ अघि बढ्छौँ ।’

dirghayi clinic

नेकपा केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का चुनाव प्रचारप्रसार परिचालन समितिका संयोजक देवीलाल चौधरीले क्षेत्र, पालिका, वडा, स्तरमा सम्पर्क कार्यालय संचालनसंगै जनताको घरदैलोमा उम्मेदवार केन्द्रीत कार्यक्रम अघि बढाएको बताए ।

प्रत्यक्ष उम्मेदवार मगरसंगै समानुपातिक उम्मेदवार निराशा चौधरी पनि प्रचारमा छन् ।

मगरले जनताको समस्याबारे आफू जानकार भए पनि प्रत्यक्ष रुपमा जनतासंग साक्षात्कार भेटघाट गरेर जनताको धारणा, गुनासो, अपेक्षा माग सुनिरहेको बताए ।

मगर यस अघि २०७४ मा निर्वाचित भएर खानेपानी मन्त्री भएकी थिइन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएकी थिइन् ।

यस पटक पनि २०७९ को निर्वाचनको हारलाई जितमा बदल्ने लक्ष्य लिएर चुनावी मैदानमी होमिएकी छन् । मगरसित उनका पुराना प्रतिस्पर्धी एमालेका तारालामा तामाङ्ग उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...