ghar sansar

कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारले खोल्न थाले बैंक खाता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोल्न थालेका छन् । निर्वाचन आचार सँहिता अनुसार निर्वाचन खर्च प्रयोजनका लागि चुनाव लड्ने सबै उम्मेदवारले बैंक खाता खोल्न थालेका हुन् ।

निर्वाचन आचारसंहिता २०८२मा राजनितिक दलबाट र स्वतन्त्ररुपले निर्वाचन लड्ने उमेदवारले छुट्टै बैंक खाता खोलेर निर्वाचन सम्बन्धी सबै खर्च सोहि बैंक खाता मार्फत मात्रै गर्नुपर्ने व्यवस्था छ। त्यस अनुसार उम्मेदवारीले खाता खोल्न थालेका हुन् ।

,orning glory badhai

माघ ६ गते उम्मेदवारी दर्ता भएको थियो । त्यसपछि उम्मेदवारले खाता खोल्न थालेको निर्वाचन आचार सँहिता अनुगमन अधिकृत कृष्ण सिह धामीले बताए । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने उम्मेदवारले बैंक खाता खोलेर खर्च र आम्दानी गर्न पर्ने व्यवस्था छ’ उनले भने, ‘अहिलेसम्म सबैले खोलि सकेका छैनन्, खाता खोल्न सुरु गरेका छनु ।’

कुनै उमेदवारले उक्त आचारसंहिता पालना नगरेमा निर्वाचन आयोगले नियमानुसार कारवाहि गर्ने उनले बताए । सबै उमेदवारलाई छिटोभन्दा छिटो खाता खोली सोही खाता मार्फत आफ्ना चुनावि कारोवारहरु संचालन गर्न र विलभर्पाई सुरक्षित राख्न निर्वाचन आचारसंहिता अधिकृत धामीले अनुरोध गरे ।

dirghayi clinic

कञ्चनपुरका तीन ओटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ५५ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा राजनीतक दलका १५ र ४ स्वतन्त्र गरी १९ उम्मेदवार छन् । त्यस क्षेत्रमा एक लाख एक हजार ७ सय २४ मतदाता छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं.  २ मा स्वतन्त्र सहित १९ उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख नौ हजार ५ सय ७४ मतदाताले मतदान गर्न पाउने छन् । कञ्चनपुर ३ मा ३ स्वतन्त्र र १४ राजनीतिक दलका गरी १७ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता छन् ।

निर्वाचन आयोगको सहजीकरणमा खुल्ने खाता निर्वाचन अनुगमन अधिकृतहरुको प्रत्यक्ष निगरानीमा रहने बताइएको छ । अस्थायी प्रकृतिका ती खातामा आफ्नो निजी खातामा जस्तो उम्मेदवारहरुको सर्वाधिकार नरहने र निर्वाचन कानून वा आचारसंहिता उल्लंघन गरेको भेटिए अनुगमन अधिकृतहरुले कारोबार रोक्का गरिदिन सक्ने व्यवस्था रहेको छ । आयोगले आफ्नो सिफारिसमा विभिन्न बैंकहरुमा खोलिने खातामा भने आर्थिक सहयोग तथा चन्दा संकलनमा रोक लगाएको छैन ।

निर्वाचन आयोगले देशभर जिल्लाहरुको अवस्था अनुसार प्रति उम्मेदवार २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । निर्वाचन सकिएको ३५ दिनपछि उम्मेदवार र दलहरुले खोलेका त्यस्ता खाता बन्द हुनुपर्ने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार र राजनीतिक दलसित छलफल गरी आचार सँहिता अनुसार बैंक खाता खोल्न आग्रह गरेको थियो ।

बैंकहरूले खाताको विवरण भने ६ वर्षसम्म सुरक्षित राख्नुपर्ने र ती खाताहरु राज्यका नियमनकारी निकाय बाहेक अरुले हेर्न नपाउने गरी गोप्यता कायम राख्नु भनी निर्वाचन आयोगले राष्ट्र बैंकमार्फत सबै बैंकहरूलाई परिपत्र गरेको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...