

महेन्द्रनगर । आसन्न निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर २ एमालेका उम्मेदवार सूर्यबहादुर थापाले प्रचारप्रसार अभियान तीव्र बनाएका छन् । थापाले बर्दगोरिया गाउँपालिका–२ बाट सोमबारदेखि औपचारिक रुपमा चुनावी प्रचार प्रसार अभियान अन्गर्तत मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेका छन् ।
सोमबारदेखि औपचारिक रुपमा सुरु गरिएको मतदाता भेटघाट तथा घरदैलो अभियानमा उनको प्रचार प्रसारका लागि
अनपेक्षित जन सहभागिता भएको छ ।

थापाले कैलाली क्षेत्र नम्बर २ बाट एमालेका तर्फ उम्मेदवार पाएदेखि अनौपचारिक रुपमा आम सर्बसाधारण मतदातासँगका भेटघाटमा व्यस्त रहँदै आएका थिए । थापाले स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएर प्रचारलाई तीव्र बनाउनेगरी गृहकार्य गरेका छन् ।
उनले घरदैलो कार्यक्रम मार्फत स्थानीयका गुनासा र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेका छन् । थापाले रोजगारी, कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य विकास निर्माण, औद्योगिक क्षेत्र लगायतलाई यावद समस्यालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीब्रता दिन सुरु गरेको बताए ।
घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेको बताउँदै उनले भने सोमबारदेखि घरदैलो अभियान सुभारम्भ गर्दा जनताको ब्यापक समर्थन पाए रह्योको पाइयो यसले उर्जा मिलेको छ ।
घरदैलो अभियनमा सहभागी युवा मतदाता कर्ण आचार्यले मिजासिलो स्वभाव भएका थापासँग भिजन, मिसन र विकास गर्ने हुट्हुटी छ, अरु उम्मेदवारसँग नहुनुले उनको घरदैलो अभियानमा जनलहर उर्लिएर आएको बताए ।
यसैगरी कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्धारिकाप्रसार न्यापानेले जानकी गाउँपालिका–३ जगतपुरबाट औपचारिक रुपमा प्रचारप्रसार अभियानको सुरुवात गरेका छन् । जानकी–३ देखि ६ वडासम्म विभिन्न झाँकीसहित उल्लेख्य सहभागितामा सो अभियान सुरु भएको प्रचारप्रसार विभाग सुदूरपश्चिम प्रदेशका प्रचार विभाग उपप्रमुख मात्रिका तिमिल्सेनाले जानकारी दिए ।
गौरीगंगामा विभिन्न राजनीतिक दल परित्याग गरी एमाले प्रवेश
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–११ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले देशको स्वाधीनता, स्थायित्व र विकासका सवालमा स्पष्ट अडानका साथ आफ्ना विचारलाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने क्षमता एमालेसँग भएकाले पार्टी रोजेको बताएका छन् ।

एमाले प्रवेश गर्नेहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी रहेका छन् । उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले पार्टीमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै नेता भट्टले राष्ट्रहित, समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
नवप्रवेशी नेताहरूले यस क्षेत्रमा लेखराज भट्ट बराबरको सक्षम र प्रभावशाली नेतृत्व नभएको दाबी गर्दै उनलाई नै अत्यधिक मतका साथ विजय गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनीहरुले आफूहरूसँगै अन्य व्यक्तित्वहरू पनि निकट भविष्यमा एमाले प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराए ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । एमालेमा नयाँ प्रवेशसँगै गौरीगंगा–११ को राजनीतिक गतिविधि थप सक्रिय बनेको विश्लेषण गरिएको छ ।
एमाले उम्मेदवार ठगुन्ना घरदैलोमा, मन जित्दै पार्टीमा भित्र्याउँदै
दार्चुला । नेकपा (एमाले) दार्चुलाका उम्मेदवार गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचार–प्रसार कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । कार्यकर्ता तथा शुभचिन्तक भेटघाट कार्यक्रम अन्तर्गत सोमबार मालिकार्जुन गाउँपालिका–१ मेलखेत क्षेत्रका अगुवा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरेका छन् ।
प्रचार प्रसार समितिलेको टोलीले मालिकार्जुन गाउँपालिका–१ मेलखेत अन्तर्गत भर्तोला, डुङ्री, सुत्तने र रेवलीका स्थानीयसँग संवाद गर्दै निर्वाचन केन्द्रित छलफल गरेको दार्चुला एमालेले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले ठगुन्ना हरेक पल जनतासँग निरन्तर सम्पर्कमा रहने नेताका रूपमा स्थापित भएको भन्दै निर्वाचनमा एकढिक्का भएर विजय गराउन लाग्ने कार्यकर्ताले बताएका छन् । जनताप्रतिको व्यवहारका कारण जिल्लामा एमाले उम्मेदवार ठगुन्नाप्रति आम मतदाताको विश्वास अझ बलियो बन्दै गएको एमाले कार्यकर्ताहरुको भनाई छ ।
यसैगरी नेकपा (एमाले) को नीति र नेतृत्वबाट प्रभावित भएर स्थानीय करन सिंह बोहरा, रतन सिंह बोहरा र गोपाल सिंह बोहराले एमालेको पार्टीमा संगठित सदस्य बनेका छन् । नेकपा एमालेको ‘घर फर्क अभियान’ अन्तर्गत रेवलीका दानसिंह धामीसहित १५ जना एमालेमा फर्किएका छन् ।
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । मालिकार्जुन गाउँपालिकामा पछिल्लो समय हरेक वडाबाट एमाले प्रवेश गर्ने लहर बढेको दार्चुला एमालेले जनाएको छ ।
दार्चुलाको चुनावी प्रतिस्पर्धा : पुरानाको बलियो संगठनले सहज छैन् नयाँको इन्ट्री
दार्चुला । दार्चुलामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिखेर ह्वात्तै बढेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधिसभाको एक सिटका लागि यसपटक विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवार अहिले आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा छन् ।

