ghar sansar

कस्ता उम्मेवारलाई मत दिन चाहन्छन् मतदाता

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वनखेतस्थित जनता साउण्डको घरमा छ, कञ्चनपुर ३ का नेकपा संयुक्तका उम्मेदवार कर्ण बहादुर चन्दको सम्पर्क कार्यालय । मंगलबार ४ बज्न लाग्दा उम्मेदवार चन्द सम्पर्क कार्यालयबाट चुनाव प्रचारमा निस्कि सकेका थिए ।

चन्दको चुनाव सम्पर्क कार्यालयसंगै जोडिएको सिलाई पसलका सञ्चालक कविता भट्ट जोशीले चन्द केही समय अघि मात्रै निस्किएको बताइन् ।

Anant bahu travels

‘हो, यो वहाँको चुनाव सम्पर्क कार्यालय हो, केही अघिसम्म त यतै हुनु हुन्थ्यो, भर्खर प्रचारमा निस्किुन भो’ मेसिनमा कपडा सिलाउँदै जोशीले भनिन् ।

भीमदत्त नगरपालिका ६ ऐंठपुरकी जोशीले तीन वर्ष अघि वडा कार्यालयबाट कटाई सिलाई तालिम लिएर आफ्नै पसल खोलेकी हुन् ।

६ महिना अघि पसल खोलेकी उनी कटाई सिलाई पनि सिकाउँछन् । विहानदेखि साँझसम्म ८ जना सिलाई सिक्न आउने गरेको जोशीले बताइन् ।

उम्मेदवारको सम्पर्क कार्यालयसंगै पसल भएकी जोशी फागुन २१ गते चुनाव हुने थाह पाएकी छन् । नेकपा उम्मेदवार चन्दले पसलमा आएर जोशीसित मत मागि सकेका छन् ।

‘चुनाव छ भन्ने त थाह छ, वहाँ पनि आएर भोट दिनु त भन्नु भाको छ’ उनले भनिन्, ‘मुलाई भोट दिया भनेको छ, मैले हुन्छ दिउला भनेकी छु ।’

जन अपेक्षा अनुसार कामकाज गर्न सक्ने उम्मेदवारलाई मत दिनु पर्ने जोशी बताउँछिन् । ‘हर मान्छे आशा र अपेक्षा राख्छ, सबैले राम्रो हुने आश राख्छ, काम ठिक गर्ने मान्छेलाई हेर्न पर्छ’ उनले भनिन्,‘जनताले भने अनुसार काम गर्ने चाहियो ।’

बैतडी दशरथ चन्द नगरपालिका जोशीबुङ्गा पुख्र्यौलीकी उनी बेरोजगारी अन्त्य गर्ने, सीप र क्षमता अनुुसार काम दिन सक्ने उम्मेदवार चयन गर्न पर्ने सुझाव उनले दिइन् ।

जोशीकै सिलाई सेन्टरमा सिलाई सिक्छिन् भीमदत्त नगरपालिका ६ ऐठपुरकी सविता चन्द । निर्वाचनमा गरिने वाचा पुरा नहुने भएकाले मत दिँदा नदिँदा केही फरक नपर्ने उनी बताउँछिन् ।

‘जिताएर पनि नेपालीको हालत उस्तै छ, नतिजाए पनि हालत उस्तै हुने हो’ उनले भनिन्, ‘त्यहीं भएर भोट दिएर पनि केही हुने होइन, नदिएर पनि केही हुने होइन, भोट दिनु नदिनु आफ्नो इच्छा हो ।’

फागुन २१ गते हु्ने प्रतिनिधि सभा सदस्य निर्वाचनमा चुनाव प्रचारमा आउने उम्मेदवारसित जनताले आ आफ्ना गुनासा र समस्याका पोका बनाएर राखेका छन् । उम्मेदवारसित भेट नभएपछि मतदाताले अन्य माध्यमबाट पनि आफ्ना गुनासा सुनाउन थालेका छन् ।

dirghayi clinic

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले कस्ता उम्मेदवार छान्ने निक्र्यौल गर्न थालि सकेका छन् ।

बेलौरी नगरपालिका ४ की गीता भट्ट राम्रो मान्छे छानेर संसदमा पठाउनु पर्ने बताउँछिन् । भट्ट राजनीतिमा आफूलाई भने इच्छा नभएको बताउँछिन् ।

‘मलाई राजनीतिमा त्यति इन्ट्रेस्ट छैन, निको मान्छे चुन्नु प¥यो’ उनले भनिन्, ‘अर्जुन ढकाललाई त जनताले दोस्रो पटक पनि जिताए, वहाँले राम्रो काम गरेकाले त होला ।’

बेलौरी नगरपालिका ४ का ढकालले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा जितेका हुन् ।

बैतडीको दशरथ चन्दनगरपालिका ७ सुर्कालकी जयन्ती बडु पार्टी नभएर व्यक्ति हरेर मत दिने बताउँछिन् ।

‘विचार निको हुन प¥यो, पार्टी हेरेर होइन, व्यक्ति हेरेर भोट दिन्छौ’ उनी भन्छिन्,‘ विकास गर्ने नेता चाहियो, गरीबका दुःख हेर्ने चाहियो, रोजगार दिने चाहियो, जनताको भावना बुझ्ने चाहियो ।’

भीमदत्त नगरपालिका ७ हल्दुखालकी तारा महरले उम्मेदवारसित सोध्ने प्रश्नको सूची बुँदागत रुपमा तयार गरेकी छन् ।

गुणस्तरीय शिक्षा
– सरकारी विद्यालय र कलेजमा पढाइको स्तर सुधार गरियोस्।
– योग्य र स्थायी शिक्षकको व्यवस्था गरियोस्।
शैक्षिक सामग्री र सुविधा
– पुस्तकालय, प्रयोगशाला, कम्प्युटर र इन्टरनेट सुविधा उपलब्ध गराइयोस्।
– विद्यालयमा सुरक्षित भवन र स्वच्छ शौचालयको व्यवस्था होस्।
छात्रवृत्ति र आर्थिक सहयोग
– गरिब, जेहेन्दार, अपाङ्ग तथा पिछडिएका विद्यार्थीका लागि छात्रवृत्ति बढाइयोस्।
रोजगारीमुखी शिक्षा
– सीपमूलक र प्राविधिक शिक्षा विस्तार गरियोस्।
– पढाइपछि रोजगारी पाउने वातावरण बनाइयोस्।
परीक्षा र मूल्याङ्कन प्रणाली सुधार
– निष्पक्ष र समयमै परीक्षा परिणाम सार्वजनिक गरियोस्।
विद्यार्थीमैत्री नीति
– शिक्षा नीति बनाउँदा विद्यार्थीको आवाज सुन्ने व्यवस्था गरियोस्।
– कलेज तथा विद्यालयमा राजनीति कम गरियोस्।
मानसिक स्वास्थ्य र परामर्श सेवा
– विद्यार्थीका लागि परामर्शदाता र मानसिक स्वास्थ्य सहयोग उपलब्ध गराइयोस्।
कञ्चनपुरका तीन लाख १४ हजार ३ सय ८५ मतदाता फागुन २१ गतेको निर्वाचनमा मतदाता गर्न पाउने भएका छन् ।
उनीहरुमा एक तेस्रो लिंगी सहित एक लाख ६० हजार ३ सय १६ महिला र एक लाख ५४ हजार ६८ पुरुष छन् ।
पुरुष मतदाता भन्दा ६ हजार दुई सय ४८ महिला मतदाता बढी छन् ।

सुदूरपश्चिम प्रदेशमा यस पटक ४६ हजार मतदाता छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार ९ ओटै जिल्लामा १७ लाख २० हजार हाराहारी मतदाता छन् ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा अचानक चुनाव भएकाले अघिल्लो चुनाव जस्तो उत्साह नदेखिएको बताउँछन् ।

‘यो चुनाव २०८४ मा हुनु पर्ने हो, तर २०८२ मा भै दियो, यो कसैले पनि सोचेको थिएन’ उनले भने,‘त्यहीं भएर राजनीतिक दल, उम्मेदवार, मतदाता, जनता जति उत्साहित हुनु पर्ने हो त्यति भएको देखिदैन ।’

मेयर महराले जनताले सबै उम्मेदवारलाई ढुक्कसित आफ्ना गुनासा र समस्या राख्नु पर्ने बताए ।

‘यो चुनावबाट जनताको प्रतिनिधि छान्नु पर्ने हो, त्यहीं भएर हरेक नागरिकले उम्मेदवारले ढुक्कसित आफ्ना कुरा राख्नु पर्छ’ उनले भने ।

शारदा विद्यापिठका क्याम्पस प्रमु्ख हरिलाल जोशीले चुनावमा मतलदाताले उम्मेदवारसित आफ्ना समस्या गुनासा र सुझाव राख्नु आवश्यक हुने बताए ।

Himal dental
सम्बन्धित
Loading...