ghar sansar

कञ्चनपुरमा पूर्व मन्त्रीदेखि राज्य मन्त्रीसम्मलाई चुनावी दौडधु्प

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा चुनावी सरगर्मी बढिरहेको छ । २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका लागि ५५उम्मेदवार चुनावी मैदानमा होमिएका छन । दल सहित स्वतन्त्र उम्मेदवार मत माग्नका लागि तीनै क्षेत्रका गाँउबस्ती घरदैलोमा पुगिरहेका छन् ।

काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), विप्लव निकट नेकपा(माओवादी), राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), उज्यालो पाटी नेपाल, राष्ट्रिय जनमोर्चा सहितका दल, तिनका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । बाचा सहित उनीहरु जनताको घरदैलोमा पुगिरहेका हुन । क्षेत्रको विकास सहितको एजेण्डा बोकेर दलहरु घरदैलोमा खटिएका छन् ।

,orning glory badhai

पुरानादेखि नयाँ विशुद्ध दलहरुका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार निरन्तर अहोरात्र चुनावमा खटिएका छन । पुन सांसदका लागि पुर्वमन्त्री बीना मगर, एनपी साउद, पुर्व प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, पुर्व सासद पुरन रानाथारु, तारालामा तामाङ्ग, डा. दीपक प्रकास भट्ट र पहिलो पटक जनक सिह, धामी गोपी प्रशाद उपाध्याय, माधव प्रशाद पन्त, बचन सिह, ज्ञानेन्द्र महता, हरि प्रशाद बोहरा, पूर्ण बहादुर चन्द, विष्णू प्रकास उपाध्याय सहितका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

dirghayi clinic

जिल्लाका ३निर्वाचन क्षेत्रमा १९दल सहितका ११ स्वतन्त्र गरेर ५५उम्मेदवार चुनावी मैदानमा होमिएका छन । पुरानैदेखि नयाँ एजेण्डा अघि सारेर दलहरु चुनाव आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रचारप्रसार समिति विस्तार, सम्पर्क कार्यालय संचालनमा ल्याईरहेका छन् ।

जिल्ला, क्षेत्र, पालिका, वडादेखि बुथकेन्द्रसम्मै प्रचारप्रसार समिति बनाएर चुनावी तयारीमा जुटेका हुन । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी(माओवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा), नेकपा संयुक्त, उज्यालो पाटी नेपाल, प्रगतिशिल पाटी सहितका दल, एव स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन ।

तीन बर्ष अघि मात्रै ४ मंसिर ०७९मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस, एमाले, नेकपाविचमै प्रतिस्पर्धा भएको थियो । चौथोमा रास्वपाले स्थान ल्याएको थियो ।

कञ्चनपुरमा तेस्रो लिङ्ग सहित १ लाख ४६ हजार, ८४६ पुरुष र १ लाख, ५५ हजार, ६६२ महिला गरी कुल ३ लाख, २ हजार ५०९ मतदाता मध्ये, १ लाख, ८६ हजार ३२२ ले मतदान गरेका थिए ।

अधिल्लो चुनावको तुलनामा अहिले ११हजार, ९७६मतदाता मात्रै बढेका छन । ०८२मा आईपुग्दा १तेस्रो लिङ्ग सहित १लाख, ६० हजार, ३सय १६ महिला र १लाख, ५४ हजार ६८ पुरुष रहेका छन । अहिले ६ हजार २सय ४८ महिला मतदाता बढी रहेका छन ।

Himal dental
सम्बन्धित
Loading...